वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राप्तिभेरी बैंकको सेयरमा ५१ गुणा बढी आवेदन

अर्थटुडे
२०७१ माघ २८, बुधबार

काठमाडौं । राप्तिभेरी बिकास बैंकको प्राथमिक सेयरमा ५१ गुणा बढी आवेदन परेको छ । सेयरमा आवेदन गर्न पाउने अन्तिम दिन मंगलबारसम्ममा २८ हजार आवेदकले २ अर्व ३७ करोड रुपैयाँ बराबरको सेयरका लागि आवेदन दिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

rbb(1)

बैंकले माघ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा पाँच लाख ५४ कित्ता सेयर जारी गरेको थियो । यी सेयर मध्ये १० हजार एक कित्ता बैंकले आफ्ना कर्मचारीका लागि र २५ हजार तीन कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो । निष्कासित सेयर मध्ये चार लाख ६५ हजार ५० कित्ता सेयर सर्वसाधारणमा बाँडफाँड गरिने छ ।

सामुहिक लगानी कोषलाई छुट्याएको सेयर नबिल ब्यालेन्स्ड फण्ड १, एनबी सुलभ इन्भेष्टमेन्ट फण्ड १, एनआइबिएल सम्वृद्धि फण्ड १, सिदार्थ इक्विटी ओरियेण्टेड स्किम र सिद्धार्थ लगानी वृद्धि योजनाले लिएका छन ।

हाल चुक्ता पुँजी सात करोड ५० लाख रहेकोमा सेयर जारी गरिसकेपछि बैंकको  चुक्तापुँजी १२ करोड ५० लाख पुग्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ