वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लक्ष्मी क्यापिटलले विहिबारबाट लक्ष्मी भ्यालु फण्ड–१ निस्कासन गर्ने, न्युनतम ४० लाख इकाईको सिमा

अर्थटुडे
२०७१ माघ २८, बुधबार

काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले बिहीबारबाट लक्ष्मी भ्यालु फन्ड–१ निस्कासन गर्ने भएको छ । अंकित मूल्य १० रुपैयाँ दरका इकाइहरु ४० करोड (अधिकतम ५० करोड) मुल्य बराबरको ५ बर्षे योजना निस्कासन गर्न लागेको हो ।

laxmi mutual fund

इकाइहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत हुनेछन् । योजना फागुन ६ गतेसम्म बिक्री गरिने छ । ढिलोमा फागुन १४ गतेसम्म खुल्ला रहने कम्पनीले जनाएको छ

इकाइका लागि न्युनतम एक सय र अधिकतम ४० लाख इकाईको सिमासम्म आवेदन दिन सकिन्छ । यसका लागि लक्ष्मी बैकका सम्पुर्ण शाखाहरु तथा लक्ष्मी क्यापिटल मार्केटको कार्यालय बाट आवेदन बुझाउन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्युनत्तम एक सय कित्ता र अधिकत्तम ४० लाख कित्तासम्मको लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ । योजनाको आकारभन्दा बढी माग परेमा कोषको आकार ५० करोड रुपैयाँ पुर्याउन सक्ने गरी कम्पनीलाई नेपाल धितोपत्र बोर्डले स्विकृत दिएको छ ।

कोष ब्यवस्थापकमा लक्ष्मी बैंकका सुमेद भट्टराईसहित छ जना, प्रमुख कार्यकारीमा राजीव सापकोटा र कोष सुपरीबेक्षकमा पूर्व सचिव डा. भोलानाथ चालिसेसहितको समूह रहेको छ । यो योजनाले क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालबाट एएमसी थ्री रेटिङ पाएको छ ।

बजारमा जोखिम मूल्याङकन गरी लगानी गर्न नसक्नेहरुका लागि यस्ता सामुहिक लगानी कोष निकै उपयोगी हुने गरेका छन् । यसअघि सिद्धार्थ क्यापिटल, नबिल ईन्भेष्टमेन्ट, एनएमबी क्यापिटल र एनआईबीएल क्यापिटलले यस्ता ईकाईहरु निश्काशन गरी अधिकांश कोष पूँजी बजारमा परिचालन गरिरहेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ