काठमाडौं । जनता बैंकले दाङको घोराहीेमा ३४ औं शाखा खोलेको छ । विहिबार बैकका सञ्चालकद्वय गुरुप्रसाद न्यौपाने र भीमानन्द ढुङ्गानाले शाखाको उद्घाटन गरेका थिए । बैंकले उक्त शाखामा एटिएम सेवा समेत सुरु गरेको छ ।
बैंकले चालु आवको दोश्रो त्रैमासिकमा १० करोड ९२ लाख खुद नाफा गरेको छ । यस अवधिसम्ममा १ लाख १२ हजार भन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै २१ अर्व ३० करोड निक्षेप संकलन गरी १८ अर्व ८४ करोड कर्जा प्रवाह लगानी गरेको जनाएको छ ।
प्रतिक्रिया