काठमाडौं । देशभरबाट सहभागी भएका ग्रील तथा स्टिल ब्यबसायीहरु पहिलो पटक राष्ट्रियस्तरको महासंघमा परिणत भएका छन । विहीवार राजधानीमा ग्रिल तथा स्टील व्यवसायी महासंघको प्रथम साधारण सभा तथा राष्ट्रिय महाधिबेशनको कार्यक्रममा बोल्दै उद्योग मन्त्री महेश बस्नेतले सरकारले उद्योगमैत्री नीति र वातावरण निर्माणमा प्राथमिकता दिएको बताए ।
ग्रील तथा स्टिल ब्यवसायी महासघले आर्थिक पत्रकारिताको माध्यमबाट ग्रील उद्योग तथा साना ब्यबसायकोे विकासमा योगदान गरेको भन्दै नेपाल आर्थिक पत्रकार समाज सेजनका पुर्व अध्यक्ष प्रदिप चापागाँइ न्यूज ट्वान्टी फोर टेलिभिजनका अर्थ ब्युरो सयोजक नवराज चालिसे, माउण्टेन टिभिका भागवत भटराई, हिमालय टेलिभिजनका आनन्द अधिकारी, कान्तिपुर दैनिकका राजु चौधरी, राजधानी दैनिकका फोटो पत्रकार द्धरिका काफले, बिजेनस टिभीका शम्भु पोखरेल लगायतका आर्थिक पत्रकारहरुलाई मन्त्री बस्नेतले सम्मान गरे ।
कार्यक्रममा नेपाल चेम्वर अफ कर्मसका अध्यक्ष राजेशकाजी श्रेष्ठ, आन्तरिक राजश्व बिभागका महानिर्देशक चुडामणि शर्मा, ग्रंील तथा स्टिल ब्यबसायी महासधका अध्यक्ष मोहन कटुवाल, प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञानराज शर्मा, घरेलु तथा साना उद्योग महासघका सुरेश कुमार प्रधान, इटा उद्योग महासघका अध्यक्ष महेन्द चित्रकार लगायतका ब्यक्तिहरुले साना तथा मझौला उद्योगले अर्थतन्त्रमा निर्वाह गरेको भूमिकाको वारेमा चर्चा गरेका थिए ।
प्रतिक्रिया