काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले राखेको ६ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य हासिल नहुने दावी गरेको छ । सोमबार राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दे चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ प्रतिशतको हाराहारीमा मात्र रहने प्रक्षेपण गरेको हो । राष्ट्र बैंकले गरेको प्रक्षेपण गत वर्षको वृद्धिदर भन्दा कम छ । गत वर्ष ५.५ प्रतिशत आर्थिक वृद्धि भएको थियो ।
मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा प्रस्तुत गर्दै गभर्नर डा.युवराज खतिवडाले कृषि क्षेत्रको उत्पादन वृद्धिदर कम देखिएको हुँदा सरकारले प्रक्षेपण गरेको आर्थिक बृद्धिदरको लक्ष्यय हासिल गर्न कठिन हुने बताए ।
गभर्नर खतिवडाका अनुसार कृषि क्षेत्रको उत्पादन वृद्धिदर जम्मा २ प्रतिशतको हाराहारीमा मात्र रहेको छ, यस्तो अवस्थामा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न अन्य क्षेत्रको वृद्धिदर ८ प्रतिशत भन्दा माथि हुनुपर्छ, जुन अहिलेको अवस्थामा सम्भव देखिदैन,’ । सोही कारण लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सम्भव देखिदैन ।’
देशको अर्थतन्त्रमा एक तिहाई हिस्सा बोकेको कृषि क्षेत्रको बृद्धिद्धर २ प्रतिशत मात्र हुने सम्भावना रहेको छ ,उद्योग तथा सेवा क्षेत्रको वृद्धिदर पनि यस वर्ष सामान्य रहने छ खतिवडाले भने ।
गभर्नर खतिवडाका अनुसार यस वर्ष मुद्रास्फीति ८ प्रतिशतमा सीमित राख्ने लक्ष्य भने हासिल हुने छ । मुद्रास्फीति यस वर्ष ७ प्रतिशतको हाराहारीमा सीमित राख्ने प्रयास भइरहेको बताउँदै गभर्नर खतिवडाले अन्य सम्भावित जोखिमका कारण पूर्वनिर्धारित लक्ष्य भने नघटाएको जानकारी दिए ।
डा.खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले बचतकर्तालाई दिने निक्षेपको ब्याज दर अत्याधिक घटाएको बताउँदै उनले ‘निक्षेपको ब्याज दरमा ओभर करेक्सन भयो, जुन गर्न हुँदैन थियो,’ उनले भने, ‘ओभर करेक्सनले भोली ब्याज दर ३ प्रतिशतबाट १३ प्रतिशत पुग्न सक्छ ।’
गभर्नरले रेमिटेन्सको कारणले बैंकहरुमा तरलता अभाव नभएपनि पुँजीगत खर्च नहुदा तरलता अभाव हुन सक्ने बताए । ‘बैंकहरुले ३ बाट १३ प्रतिशतमा ब्याज नपुर्याउन तत्कालै यसमा पुनर्विचार गर्ने समय भएको छ,’ उनले भने । गभर्नरले रेमिटेन्सको बृद्धि दर घट्न थालेकाले चिन्ताको विषय भएको बताए ।
‘ उनले बैंकहरुले नारी, वालवालिकालगायतका खाताहरु सञ्चालन गरेजस्तै केही वढी ब्याज दिएर रेमिटेन्सहोल्डर खाता सञ्चालन ल्याउन पनि बैंकहरुलाई सुझाव दिए । त्यसैगरी यस वर्ष ५५ अर्बको शोधानान्तर बचत कायम रहने अनुमान राष्ट्र बैंकले गरेको छ ।
प्रतिक्रिया