वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निगमले ७ हजारमा दिल्ली उडान भर्ने, काठमाडौं- क्वालालम्पुर १४ हजारमा

अर्थटुडे
२०७१ फाल्गुन ४, सोमबार

काठमाडौं । नेपाल एयरलाइन्सले यही फागुन १३ गतेदेखि नयाँ जहाज एयरबसबाट दिल्लीमा नियमित उडान सुरु गर्दै छ । Nepal-Airlines-New-plane-Sagarmatha-12सो अवसरमा निगमले नेपाली यात्रुहरुलाई ७ हजार ८४ रुपैयाँमा नयाँदिल्ली उडाउने भएको छ । यो करसहित एकतर्फी प्रवद्र्धनात्मक भाडादर हो । दुइतर्फी भाडदर भने करसहित १५ हजार १ सय ७७ रूपैयाँ तोकिएको निगमले जानकारी दिएको छ ।

विदेशी यात्रुहरुका लागि भने निगमले प्रतियात्रु ८ हजार २ सय ३० रुपैयाँ तोकेको छ । निगमको दिल्ली उडानले यात्रुहरुलाई निकै राहत पुग्ने अपेक्षा गरेको गरिएको छ । निगमका अनुसार विहान ८ बजे काठमाडौंबाट दिल्लीका लागि र १०ः४० बजे दिल्लीबाट काठमाडौंका लागि उडान हुनेछ ।

निगमले दिल्लीमा प्रत्येक सोमबार, बुधबार, शुक्रबार र शनिबार उडान गर्ने बताएको छ । १५८ सिट क्षमता भएको एयरबसमा १५० वटा इकोनोमी र ८ वटा बिजनेस सिट रहेका छन् ।

माघ ८ गते भित्राइएको एयरबस ‘ए३२०—२००’ जहाजको दिल्ली उडान पहिलो व्यवसायीक उडान हुनेछ । अर्को एयरबस आएपछि निगमले दिल्लीमा दैनिक दुई उडान गर्ने तयारीमा छ । हाल दुईवटा बोइङबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निगममा दुईवटा एयरबस थप भएसँगै चारवटा जहाज पुग्नेछन् । यसैवीच, निगमले काठमाडौं क्वालालम्पुर उडानको एकतर्फी नयाँ भाडा (कर वाहेक) १४ हजार रूपैयाँ कायम गरेको जनाएको छ ।

बैंकक र हङ्गकङ्गमा पनि एयरबसबाट सेवा सुरू गर्ने जानकारी दिँदै निगमले यसबाट उडानको नियमितता हुनुका साथै विश्वसनीयता समेत बढ्ने अपेक्षा गरेको छ । अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको संख्या ४ पुगेपछि निगमले ९ वटा गन्तव्यमा सातामा ५० वटा उडान गर्ने बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ