वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चिलिमे हाइड्रोपावरको नाफा घट्यो

अर्थटुडे
२०७१ फाल्गुन ५, मंगलवार

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको नाफा घटेको छ । कम्पनीले मंगलबार प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तिय विवरण अनुसार ५३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ ।chilime hydro यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन करोड ५१ लाख रुपैयाँ कम हो ।

कम्पनीको व्याज आम्दानी करिब सात करोड रुपैयाँ घटेको छ । बैंकले दिने व्याज घटेपछि कम्पनीको व्याज आम्दानीमा सिधै असर परेपछि नाफा घटेको हो ।

गत वर्षको पहिलो छ महिनामा कम्पनीले १२ करोड ६५ लाख रुपैयाँ व्याज आम्दानी गरेकोमा यस वर्षको पहिलो ६ महिनामा पाँच करोड ६८ लाख रुपैयाँ मात्रै पाएको छ ।

कम्पनीले विद्युत व्यापारबाट ६ महिनामा ५८ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष व्यापारबाट ५४ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले गत वर्ष कमाएको ९३ करोड ९६ लाख नाफाबाट लगानीकर्तालाई २० प्रतिसत बोनस सेयर र १५ प्रतिसत नगद लाभांस दिएको छ । चिलिमेले आफ्नो लगानीमा दुई सय ७० मेगावाट क्षमताको अन्य चार वटा आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ