काठमाडौं । नेपाली बजारमा बुधबार सुन ७ सय रुपैयाँ सस्तो भएको छ । केही दिनदेखि बढ्न थालेको सुनको भाउ बुधबार अन्तर्राष्ट्रिय बजार एक्कासी झरेपछि नेपाली बजारमा पनि सस्तो भएको हो ।
मंगलबार प्रतितोला ५२ हजार ७ सय रुपैयाँ कायम रहेको सुन बुधबार घटेर ५२ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।
यसैगरी बुधबार चाँदी पनि २५ रुपैयाँ सस्तो भई प्रतितोला ७ सय रुपयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया