वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगानी गर्न खोज्दै हुनुहुन्छ ? हेर्नुहोस नेप्सेको आँखामा राम्रा कम्पनीहरु

अर्थटुडे
२०७१ फाल्गुन ७, बिहीबार

काठमाडौं । तपाई लगानीगर्न खोज्दै हुनुहुन्छ भने अव तपाईलाई सहज हुने भएको छ । nepal stock exchangeनेपाल स्टक एक्सचेन्जले सुचिकृत कम्पनीहरुमध्ये क वर्गमा परेका कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ ।क वर्गमा सुचिकृत कम्पनीहरुको नामावली हेर्नको लागि यहाँ क्लीक गर्नुहोस्

लगानीकर्ताहरुलाई लगानीको लागि सहज होस् भनेर नेप्सेले आफूसँग सुचिकृत दुई सय ३७ कम्पनीहरु मध्ये एक सय १४ वटा कम्पनीहरुलाई नेप्सेले क बर्गमा राखी कम्पनीहरुको सूची सार्वजनिक गरेको छ ।

नेप्सेले कम्पनीको चुक्तापुँजी, साधारण सेयरधनीको संख्या, कम्पनीको नाफा, कितावी मूल्य (बुक भ्यालु) लगायत विभिन्न विषयलाई आधारमानेर क वर्गमा वर्गीकरण गर्ने गरेको छ ।

वर्गीकरणका क्रममा नेप्सेले कम्पनीको चुक्ता पूँजी कम्तिमा दुई करोड पुगेको र साधारण शेयरधनीको संख्या कम्तिमा एक हजार नाघेको हुनुपर्ने, कम्पनीले लगातार तीन बर्षदेखि मुनाफा गर्दै आएका कम्पनीहरुलाई क वर्गमा राखेको छ ।

त्यस्तै नेप्सेमा कारोबार भईरहेका कम्पनीको शेयर मूल्य धेरै भए पनि त्यसको कितावी मूल्य (बुक भ्यालु) निकै कम हुन सक्छ । नेप्सेको यो सुचीमा कम्पनीको शेयरको चुक्ता मूल्य भन्दा किताबी मूल्य धेरै भएको हुनु अनिवार्य छ । यसले कम्पनी कति बलियो छ भनेर देखाउँछ ।

सम्बन्धित कम्पनीले आर्थिक बर्ष समाप्त भएको छ महिनाभित्र गत आर्थिक बर्षको आय ब्यय विवरण पेश गरेको छ कि छैन यसलाई पनि क वर्गीकरण गर्दा आधार मानिन्छ ।

नेप्सेको बर्गीकरणमा २५ वटा बाणिज्य बैंक, ४६ वटा बिकास बैंक, २३ फाईनान्स, १५ बीमा कम्पनी, तीन वटा जलविद्युत र एक, एक वटा होटल तथा अन्य समूहका कम्पनीहरु परेका छन् ।

त्यस्तै क वर्गमा नपर्ने बाणिज्य बैंकहरु पाँचवटा रहेका छन् । सरकार नियन्त्रित राष्ट्रिय बाणिज्य बैंक नेप्सेमा सुचिकृत नै भएको छैन भने नेपाल बैंक बल्ल बल्ल स्वस्थ बन्न थालेको छ ।

त्यस्तै निजी क्षेत्रको सेन्चुरी, प्रभु, र ग्राण्ड बैंक नेप्सेको सूचीमा क वर्गमा पर्न सकेनन् । यी बैंकहरु लगातार तीन बर्ष यता नाफामा जान सकेका छैनन् । उनीहरुको निस्क्रिय कर्जा बढी रहेको, बेलैमा आय ब्यय विवरण पेश गर्न नसकेको, संस्थागत सुशासन कमजोर रहेको र लगानीकर्तालाई लाभांश वितरण गर्न नसकेको देखिन्छ ।

नेप्सेको सुचीकरणमा पर्न नसकेको सेन्चुरीको निस्क्रिय कर्जा कम रही यस बर्ष आकर्षक लाभांश घोषणा गरेको भए पनि अन्य कारणले पछि परेको देखिएको छ । निस्क्रिय कर्जा धेरै भएका प्रभुले हालै ग्राण्डलाई किन्ने सम्झौता गरेको छ ।

नेप्सेको यो बर्गीकरणले शेयर बजारका लगानीकर्ताहरुलाई शेयर खरिद गर्न महत्वपूर्ण आधार दिन्छ । कम्पनीहरुको सुशासन र अन्य अबस्था थाहा पाउन पनि यसले लगानीकर्ताहरुलाई सहयोग गर्छ ।

नेप्सेले कम्पनी कानुनले तोके अनुसारको प्रक्रिया पुरा गरेर संचालनमा रहेका कम्पनीहरुलाई क बर्गमा सामेल गर्ने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ