काठमाडौं । बरुण हाईड्रोपावर कम्पनीले सर्वसाधारणका लागि चार लाख ८६ हजार कित्ता शेयर निश्काशनका लागि आब्हान पत्र जारी गरेको छ ।
संखुवासभाको हेवा खोलाबाट साढे चार मेगावाट विजुली उत्पादन गरिरहेको सो हाइड्रो पावरले कुल सेयरको २० प्रतिशत सेयर मात्र सर्वसाधरणको लागि खुल्ला गरेको हो ।
सो सेयर खरिदका लागि सार्वसाधरणले फागुन १७ गतेदेखि २० गतेसम्म आवेदन दिन पाउनेछन् । एक सय रुपैया प्रति कित्ताको सो शेयर सर्वसाधारणले कम्तिमा ५० कित्तादेखि एक हजार कित्तासम्म माग गर्न पाउँछन् ।
कम्पनीले विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणसँगको सम्झौता अनुसार राष्ट्रिय प्रसारणमा जोडिई सकेको छ । कम्पनीका अनुसार लगानीको चाडै प्रतिफल पाइने छ । कम्पनी हालसम्म एक करोड २७ लाख घाटामा रहेको बिबरण पत्रमा उल्लेख गरिएको छ ।
सिभिल क्यापिटल मार्केट निश्काशन तथा बिक्री प्रबन्धक रहेको यस शेयरको आबेदन सिभिल क्यापिटल कमलादी, बरुण हाईड्रोको कार्यालय अनामनगर, रियाबल डेभ्लपमेन्ट बैंकज्ञानेश्वर शाखा, जनता बैंकको नयाँ बानेश्वर, पोखरा, नेपालगंज, धनगढी शाखाकार्यालयहरुबाट आवेदन बुझाउन पाइने व्यवस्था छ ।
त्यसैगरी पाथिभरा बिकास बैंकको ईटहरी शाखा, बाग्मति बिकास बैंकको सर्लाही हरिवन शाखा, महालक्ष्मी फाईनान्स बीरगंज र साईन रेसुङगा बिकास बैंक बुटवलमा आवेदन बुझाउन सकिने छ ।
प्रतिक्रिया