वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युटिएलको कार्यालयमा कर्मचारीद्धारा अनिश्चितकालीन हड्ताल

अर्थटुडे
२०७१ फाल्गुन ८, शुक्रबार

काठमाडौं । युटिएलमा कार्यरत कर्मचारीले आफ्ना माग पुरा नभएको भन्दै कर्मचारीले शुक्रबारबाट अनिश्चितकालीन हड्ताल सुरु गरेको छ । UTL_Buildingकर्मचारी र व्यवस्थापनबीच विवाद बढ्दै गएपछि कर्मचारीहरुले शुक्रवारबाट हड्ताल सुरु गरेका हुन् ।  कर्मचारीको हड्तालसँगै युटिएलका सबै टावर डाउन भइ सेवा अवरुद्ध भएका हुन् ।

देशभर युटीएलले ४४ जिल्लामा ल्याण्डलाइन फोन, मोवाइल तथा इन्टरनेट सेवा पुर्याउदै आएको छ । युटिएलले वान एक्स इन्टरनेट तथा फिक्स्ड तथा लिमिटेड फोन सेवा दिँदै आएको छ । कम्पनीका अहिले देशभर पाँच लाख ग्राहक रहेका छन् ।
भारतीय लगानीमा खुलेको युटिएलमा हालैमात्र नेपाली कम्पनी नेपाल भेन्चर प्रालिले लगानी थपेको थियो । युटिएलमा पछिल्लो समय व्यवस्थापन र कर्मचारी युनियनबीच पटक पटक विवाद हुँदै आएको छ ।

पछिल्लो पटक सिइओ एसपी पचौरीले व्यवस्थापनको तर्फबाट गएको असोज १४ गते कर्मचारी कटौतीको प्रस्ताव श्रम कार्यालयमा बुझाए पछि यो विवाद अगाडि आएको हो ।

कर्मचारी युनियनले भने लगानी बढाएर सेवा समेत बढाउन लागेको अवस्थामा कर्मचारी कटौतीको प्रस्ताव गलत भएको भन्दै आन्दोलन सुरु गरेको हो । युटिएलमा ९२ जना कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ