वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

अर्थटुडे
२०७१ फाल्गुन १०, आईतवार

काठमाडौं । साताको पहिलो दिन (आइतबार) सेयर बजार परिसुचक (नेप्से) दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसुचक ११.१८ अंकले घटेर ९७१.४७ अंकमा अडिएको छ । उत्पादनमूलक वाहेक सबै सुचक घट्दा समग्र सेयर बजार घटेको हो ।share losing
नेप्से घटेसँग कारोबार रकममा पनि कमी आएको छ । यस दिन २७ करोड ४५ लाख रुपैयाँ बराबरको ६ लाख ३१ हजार ७३७ कित्ता सेयर किनबेच भएका छन् । नेपाल लाइफको तीन करोड ५७ लाख र प्रभुको तीन करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
चिलिमे हाइड्रो पावर कम्पनी र नेशनल लाइफ कम्पनीको यस दिन एक करोड भन्दा माथिको कारोबार भएको छ ।
यस दिन बैंकिङ समूहको सुचक १२.२१ जलविद्युत् समूहको ३७.८८होटल समुहको २३, बिमा समूह्को ७.२९ फाइनान्सको ६ र विकास बैंक समूह्को १५ अंकले घटेको छ । उत्पादनमूलक सुचक भने करिव १४ अंकले बढेको छ ।
बढी गुमाउने कम्पनीहरुमा प्रिमियर फाइनान्स,सम्मिट माइक्रो फाइनान्स,अरनिको डेभलपमेन्ट, गरिमा विकास, नमस्ते वित्तीय संस्थालगायत छन् । बजार घट्दा पनि कर्णाली डेभलपमेन्ट, कालिका माइक्रोफाइनान्स, मातृभूमि डेभलपमेन्ट, कालिन्चोक डेभलपमेन्ट, नेको इन्स्योरेन्स लगायतका लगानीकर्ताले कमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ