वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सोमबार थोरै अंकले बढ्यो नेप्से

अर्थटुडे
२०७१ फाल्गुन ११, सोमबार

काठमाडौं । सोमबार सेयर बजार परिसुचक (नेप्से) २.४८ अंकले बढेको छ । आइतबार दोहोरो अंकले घटेको नेप्से सोमबार थोरै अंकले बढेको छ ।

nepal stock exchangeयसदिन कारोबार सुरु भएको एकघण्टाको अवधिपछि सात अंकसम्मले घटेको बजार कारोबार बन्द हुने बेलामा सकारात्मक भएको हो ।

केही लगानीकर्ताले शेयर मूल्य घटेको मौकामा शेयर उठाउँदा मध्य समयपछि बजार क्रमश बढ्दै गएको थियो । यस दिन कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा घट्यो ।

यस दिन २५ करोड २३ लाख बराबरको ६ लाख ७३ हजार कित्ता सेयर विक्रि भएको छ । सोमबार जलविद्युत र बीमा समूहका शेयर मूल्य धेरै बढे । यस दिन बढी शेयर मूल्य बढ्ने कम्पनीहरुमा अरनिको बिकास बैंक, कर्णाली बिकास बैंक र सुप्रिम बिकास बैंक रहे ।

त्यस्तै मूल्य धेरै घट्ने कम्पनीहरुमा कालिन्चोक बिकास बैंक, प्रोफेशनल दियालो बिकास बैंक र माउन्ट मकालु बिकास बैंक रहे ।  कारोबार रकममा भने प्रभु बैंकले नै अग्रता हासिल गर्यो । स्वावलम्बन बिकास बैंक लगायतका कम्पनीहरुको शेयर मूल्य एकसय रुपैयाँ भन्दा बढीले घटेर फेरि पहिलेकै मूल्यको हाराहारीमा चढेर कारोबार बन्द हुनु अर्थपूर्ण रह्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ