काठमाडौं । सहकारीमा राजनीतिक हस्तक्षेप आवश्यक नभएको सहकारीकर्मीहरुले बताएका छन् । काठमाडौं जिल्ला सहकारी संघको फागुन १५ हुने चुनावमा सहकारीकर्मीबीच सहमतीको प्रयास गर्ने र सहमती नभए चुनाव हुने सहकारीकर्मीका अगुवाहरुले बताएका छन् ।
सूचना चौतारी सञ्चार सहकारी संस्थाको आयोजनामा भएको ‘काठमाडौं जिल्लाको अबको नेतृत्व’ विषयक सहकारी डबलीको ११ औं श्रृंखलामा बोल्ने वक्ताहरुले सहमतीको प्रयास जारी राख्ने र सहमती नभए प्यानल बनाएर चुनावी मैदानमा उत्रने उद्घोष गरेका छन् ।
अहिले नेशनल को–अपरेटर्स एलाईन्स सम्बद्व र स्वतन्त्र सहकारीकर्मीहरु प्यालनको अन्तिम विन्दुमा पुगिसकेका छन् भने वाममन्थी सहकारीकर्मीहरु सहमतीको प्रयास असफल भए मंगलबार दिउँसो १ बजे प्यालन घोषणा गरी चुनावी मैदानमा उत्रने उद्घोष गरेका छन् ।
कार्यक्रममा बोल्दै काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष केबी उप्रेतीले सहकारीकर्मीबीच सहमती गरेर नयाँ नेतृत्व चयन गनुपर्नेमा जोड दिए । सहकारीमा राजनीतिक हस्तक्षेपभन्दा पनि सहकारीका अगुवाबीच सहमती गरेर नयाँ नेतृत्व चयन गरिने उनले बताए ।
एउटा पक्षले सहमती भन्दै हिड्ने र अर्को पक्षले प्यानल खडा गरेर अघि बढ्दा सहमती हुन नसक्ने उनको भनाई थियो । ‘हामी सहकारीकर्मीबीच सहमती गरेर नयाँ नेतृत्व निर्माण गर्न सकिन्छ, हामी भन्दा माथि जान आवश्यक छैन्’ उनले भने ।
सबैलाई मिलाएर जिल्ला संघको नयाँ नेतृत्व चयन गर्न आफूहरु प्रयास गरिरहेको चर्चा गर्दै उप्रेतीले केही सीप नलागेपछि चुनावमा जानु स्वभाविक नै रहेको बताए ।
‘म रहे पनि नरहेपनि सहमती अहिलेको आवश्यकता हो, त्यसका लागि सबै तयार हुनुपर्छ’ उनले भने ।
नेशनल कोअपरेटर्स एलाईन्सका काठमाडौं जिल्ला अध्यक्ष केदार मानन्धरले सहकारीका विभिन्न निकायमा राजनीतिकरण भएको स्वीकार गरे ।
राजनीतिको भागबण्डा हुदाँ सहकारीका व्यक्ति छान्न कठिन हुन्छ, त्यसो हुनु हुदैँन’ उनले भने ।
जिल्ला संघमा पार्टीको वरीपरीमात्र घुम्ने र सहकारीको लागि केही नगर्ने नेतृत्व आए सहकारी तहसनहस हुन सक्ने बताए । संघको सल्लाहकार समेत रहेका मानन्धरले संघको धेरै उपलब्धी भएको र आगामी दिनमा नयाँ नेतृत्वको विकल्प नरहेको बताए ।
काठमाडौं जिल्ला संघको नेतृत्वले देशको सहकारी आन्दोलनलाई अघि बढाउन भूमिका निर्वाह गर्ने भएकाले सक्षम नेतृत्वको आवश्यक भएको उनले बताए ।
प्रतिक्रिया