वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गभर्नर नियुक्तिको प्रक्रिया अघि बढ्यो, अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय टोली गठन

अर्थटुडे
२०७१ फाल्गुन १२, मंगलवार

काठमाडौं । सरकारले गर्भनरको नियुक्ति प्रक्रिया अगाडी बढाएको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी गर्भर नियुक्तिका लागि तीन सदस्यीय छनौट समिति गठन गरेको हो ।nepal rastra bank

मन्त्रीपरीषद्ले अर्थमन्त्री डा.रामशरण महतको संयोजकत्वमा हिमालय शमसेर जवरा र नेपाल राष्ट्र बैंकका पूर्व सञ्चालक समितिका सदस्व पार्थिवेश्वर तिमल्सिना नियुक्त भएका हुन् । हाल भएका गभर्नर डा. युवराज खतिवडाको पाँच वर्षे कार्यकाल चैत ५ गते सकिँदैछ ।

समितिले सिफारिस गरेको नामका आधारमा नयाँ गनर्भर नियुक्त हुने छन् । समितिलाई सम्भावित गभर्नरका लागि तीन जनाको नाम मात्र मन्त्रीपरीषद्मा सिफारिस गर्न अधिकार दिइएको छ ।

मन्त्रीपरिषद्मा सिफारिस गरिएका भित्र एक जना वहालवाला डेपुटी गभर्नर अनिवार्य रुपमा पार्नुपर्दछ । यस हिसावले डेपुटी गभर्नर गोपाल काफ्ले पर्नेछन् कीनकी काफ्ले नेपाल कांग्रेस निकट मानिन्छन् भने हाल भईरहेका अर्का डेपुटी गभर्नर महाप्रसाद अधिकारी नेकपा एमाले निकट हुन् ।

बाँकी दुई जनामा आर्थिक, मौद्रिक, बैकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट छन्नु पर्छ ।
सिफारिस भएका नाममध्येबाट सरकारले पाँच बर्षका लागि एक जनालाई गभर्नरमा नियुक्त गर्ने छ । गभर्नरले राष्ट्र बैंकको सञ्चालक समितिको पनि अध्यक्षता गर्ने छन् ।

नयाँ गभर्नरको सम्भावित सुचिमा प्रधानमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. चिरिन्जवी नेपाल, पूर्वअर्थ सचिव तथा चुरे तराई– मधेस संरक्षण विकास समितिका अध्यक्ष रामेश्वर खनाल, योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्मा, पूर्व अर्थसचिव युवराज भुसाल रहेका छन् ।

यसैगरी नेपाल बैंकर्स एसोसिएसनका पूर्व अध्यक्ष राजनसिंह भण्डारी, डेपुटी गभर्नर महाप्रसाद अधिकारी लगायतको नाम पनि चर्चामा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ