काठमाडौं । सोमबार थोरै अंकले मात्र बढेको सेयर बजार परिसुचक मंगलबार ३.१८ अंकले घटेर ९७०.७७ अंकमा अडिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर ३० करोड ७६ लाख रुपैयाँ बराबरको किनबेच भएसँगै समग्र कारोबार रकममा उल्लेख्य बृद्धि भएको छ ।
कुल कारोबार ५० करोड १२ लाख रुपैयाँको भएको छ । यसदिन होटल र जलविद्युत् वाहेक सबै सुचकहरु ओरालो लागेका छन् । सबैभन्दा वढी बिमा १५ अंक, विकास बैंक ५.५७ अंक, अन्य ३.५३ अंक, फाइनान्स ३.०६ अंक र बैंकिङ २.६१ अंकले घटेको छ ।
प्रभु बैंकको सबैभन्दा वढी रकमको सेयर कारोबार भएका छन् । बैंकको एक करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ । यसदिन एक करोडभन्दा बढी कारोबार हुने कम्पनीहरुमा शिखर इन्स्योरेन्स, एभरेष्ट बैंक, चिलिमे हाइड्रो पावर रहेको छ ।
बजार घट्दा पनि कमाउनेहरुमा लक्ष्मी लघुवित्त, नयाँ नेपाल लघुवित्त, महाकाली विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंकलगायतका लगानीकर्ताहरु रहेका छन् । गुमाउनेमा भने सहारा विकास बैंक, प्रोफेसनल दियालो, माउन्ट मकालु, सिभिक, लुम्बिनी फाइनान्सका लगानीकर्ता रहेका छन् । यसदिन १३८ कम्पनीका १२ लाख ३९ हजार १७७ कित्ता सेयर किनबेच भएको छ ।
प्रतिक्रिया