काठमाडौं । भारतीय ५०० र एक हजार रुपैयाँमा लगाउँदै आएको बन्देज खुल्ला गरेको छ । नेपालमा १४ बर्षदेखि भारु पाँच सयभन्दा बढी दरका नोटहरु चलाउन प्रतिबन्ध लगाइएको थियो । मंगलबार राष्ट्र बैंकले नेपाली र भारतीय नागरिकले भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोटहरु प्रति व्यक्ति २५ हजार (भारु) सम्म नेपाल भित्राउन र लैजान पाउने व्यवस्था गरेको हो ।
भारत सरकारले ठूला नोट नेपालमा चलाउन व्यवस्था मिलाएसँगै राष्ट्र बैंकले एक हजार र ५०० को नोट नेपालमा चलाउन मिल्ने व्यवस्था गरेको हो । तोकिएको (२५ हजारभन्दा वढी) नोट ल्याएमा बाँकी रकम सरकारले जफत गर्ने राष्ट्र बैंकले जनाएको छ ।
नेपाली नागरिकले भारतीय रुपैयाँ भारत वाहेक अन्य मुलुकमा लैजान र अन्य मुलुकबाट ल्याउन नपाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । नेपाल र भारतबीच २०७० पुसमा भएको वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति (आइजिसी) को बैठकले नै ठूला दरका भारु नोट चलाउन सहमति गरिसकेको थियो ।
भारु ठूला नोटहरु चलेपछि भारतमा काम गर्न गएका नेपालीका साथै नेपाल आउने भारतीय पर्यटकलाई पनि सजिलो हुने छ ।
प्रतिक्रिया