वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारी बैंकले नै टेरेन राष्ट्र बैंकलाई

अर्थटुडे
२०७१ फाल्गुन १३, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिना अघि बैंकहरुबाट प्रदान गरिने एनी ब्रान्च बैकिंक सिस्टम (एविविएस) सेवा निःशुल्क प्रदान गर्नुपर्ने निर्देशन दिए पनि राष्ट्रिय वाणिज्य बैंकमा नै उक्त निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन ।

rbbबैंकका सेवाग्राहीले देशभित्र रहेका आफ्ना जुनसुकै खातामा रकम पठाउँदा त्यस वापतको सेवा शुल्क बैंकले लिन नपाउने गरी राष्ट्र बैंकले पत्राचार गरे पनि वाणिज्य बैंकबाट हालसम्म पनि सेवा शुल्क लिइएको सेवाग्राहीको गुनासो छ ।

राष्ट्र बैंकले एविविएस सेवा शुल्क लिन नहुने निर्देशन गरेको एक महिनाभन्दा बढी भइसक्दा पनि बैंकले उक्त सेवा शुल्क हालसम्म पनि लिइरहेको सेवाग्राही बुद्धिप्रसाद अधिकारीको गुनासो छ ।

राजधानीकै विशालबजार शाखाबाट पोखराको शाखामा हालै मात्र रकम पठाउँदा सेवा शुल्क बुझाउनुपरेको उनले बताए । राष्ट्र बैंकको निर्देशन सम्बन्धमा कुरा गर्दा त्यस सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयबाट शाखाहरुमा पत्राचार नभएको जवाफ आफूले पाएको अधिकारीले बताए ।

अधिकारी जस्तै अर्का सेवाग्राही सविन आचार्य पनि राष्ट्र बैंकको निर्देशन एक महिनासम्म पनि कार्यान्वयनमा नआउँदा अझै अन्य शाखामा पैसा पठाउँदा सेवा शुल्क तिर्नु सर्वसाधारणको बाध्यता बनेको बताउछन् ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णप्रसाद शर्माले राष्ट्र बैंकको निर्देशन कार्यान्वयनमा ल्याउने कुरामा आफूहरु लागेको बताउँदै यो समस्या चाँडै नै समाधान हुने बताए ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा मीनमान श्रेष्ठले राष्ट्र बैंकको निर्देशनअनुसार एविविएस सेवा शुल्क सम्बन्धमा गरिएको निर्णय बैंकहरुले तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने बताए । रासस

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ