वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साउदी कोषले २ अर्ब बढी सफ्ट लोन दिने

अर्थटुडे
२०७१ फाल्गुन १३, बुधबार

काठमाडौं । साउदी विकास कोषले नेपालको सिँचाइ परियोजनाका लागि साढे २ अर्ब बराबर ऋण अनुदान दिने सम्झौता गरेको छ । कोषले बाँकेस्थित डुन्डुवा सिँचाइ परियोजनाका लागि ९ करोड ३७ लाख बराबर साउदी रियल ‘सफ्ट लोन’ दिने सहमति गरेको हो । सोसम्बन्धी सम्झौतापत्रमा मंगलबार अर्थसचिव सुमनप्रसाद शर्मा र कोषका उपाध्यक्ष एवं प्रबन्ध निर्देशक युसेफ अल बसानले हस्ताक्षर गरे ।

IMG_2222

कोषले २ प्रतिशत ब्याजदरमा उक्त ऋण उपलब्ध गराउने भएको हो । उक्त ऋण बाँके जिल्लाका १३ ओटा गाविमा सिँचाइका लागि लगानी गरिने अर्थ मन्त्रालयले जनाएको छ । उक्त परियोजना आर्थिक वर्ष २०१८/०१९ सम्म कार्यान्वयनमा आउने जनाइएको छ ।

कोषले नेपालको जलविद्युत्, सडकलगायतका पूर्वाधारमा सहयोग गर्दै आएको अर्थ मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ