काठमाडौं । भारतीय सरकारबाट उडान अनुमति नआएकोले नेपाल वायुसेवा निगमको नयाँ जहाज बुधवारदेखि भारतको नयाँदिल्ली उडान सुरु गर्ने भनिए पनि उड्न सकेन ।
भारतीय आकाशमा उडानका लागि भारतीय सरकारबाट उडान अनुमति नआएकोले निगमले उडान तालिका स्थगित गरेको हो । नयाँ जहाजले पहिलो व्यावसायिक उडान नयाँ दिल्लीमा पुनः उडान सुरु गरेर गर्ने तयारी गरेको थियो ।
भारतीय सरकारले बुधबार बेलुका उडान अनुमति प्राप्त हुने भएपछि आगामी शुक्रबारदेखि उडान सुरु गरिने निगमले जनाएको छ ।
निगमका अनुसार नयाँ दिल्लीका लागि एकतर्फी प्रवद्र्धनात्मक भाडादर नेपालीका लागि सात हजार १०० सय रुपैयाँ र विदेशीका लागि आठ हजार भाडा तोकिएको छ । निगमले यसअघि नयाँ दिल्ली उडान भर्दै आए पनि विमानको कमीले उडान स्थगन गरेको थियो ।
हाललाई नयाँ दिल्लीको उडान सोमबार, बुधबार, शुक्रबार र शनिबार हुने निगमले जनाएको छ । निगमले गत माघमा एयरबस ‘ए ३२०–२००’ जहाज सगरमाथा नेपाल ल्याएको थियो ।
प्रतिक्रिया