काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि सात जनाको प्रतिस्पर्धा परेको छ । बैंकले सार्वजनिक सुचनामार्फत सिईओका लागि आवेदन मागेकोमा अनलराज भट्टराई, कुमार लम्साल, कुलराज चालिसे, देवेन्द्र प्रताप शाह, समिर दाहाल, छविराज पन्त र रघुनाथ खनाल छन् ।
आवेदन दिएकामध्ये अनलराज भट्टराई, कुमार लम्साल निजी बैंकमा सिईओ भइसकेका हुन् । अनलराज यसअघि कमर्ज एण्ड ट्रस्ट बैंकका सिईओ रहेका थिए । बैंक ग्लोबल आईएमईसँग मर्ज भएपछि उनी खाली छन् । यसैगरी लम्साल प्रभु बैंकबाट राजिनामा दिएर बसेका छन् । उनी सानिमा बैंकको समेत प्रमुख कार्यकारी रहिसकेका छन् ।
यसैगरी देवेन्द्र प्रताप शाह बीमा समितिको अध्यक्ष र कृषि बिकास बैंकको महाप्रबन्धकको अनुभव संगालिसकेका छन् । छविराज पन्त हाल नेपाल एसबीआई बैंकको प्रमुख जोखिम अधिकृतको रुपमा कार्यरत छन् भने कुलराज चालिसे नेपाल बैंकका पूर्वकर्मचारी हुन् । समिर दाहाल सिटिजन्स बैंकमा प्रमुख वित्त अधिकृतको रुपमा कार्यरत छन् भने रघुनाथ खनाल हाल नेपाल बैंकमै उपमहाप्रबन्धक पदमा कार्यरत छन् ।
नेपाल राष्ट्र बैंकको व्यवस्थापन फिर्ता भएपनि बैंकले सिइओ नियुक्ती गर्न लागेको हो । यसका लागि फागुन १० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।
प्रतिक्रिया