काठमाडौं । दुईपाङग्रे होस् या चारपाङग्रे सवारीसाधन किन्ने पैसा नभएर आफ्नो इच्छालाई मनमै सिमित राख्नुभएको छ भने तपाईका लागि पुराना सवारीसाधन खरिद बिक्री गर्ने रिकन्डिसन सेन्टर उपयुक्त गन्तव्य हुनसक्छ । यस्ता रिकन्डिस सेन्टरहरुले तपाईको बजेट, रुची र आवश्यक्ता अनुसारका मोटरसाईकल तथा गाडीहरु उपलब्ध गराउछन् । एक व्यक्तिले प्रयोग गरिसकेपछि पुनः डेनपेन्ट र मर्मत गरेर बिक्रीका लागि राखिने भएकाले यी गाडीहरु नयाँको तुलानमा निकै सस्तो हुन्छ । कम आयश्रोत भएका मध्यमवर्गीय सर्वसाधारणले पनि रिकन्डिसन गरिएका सेकेन्ड ह्यान्ड सवारीसाधन प्रयोग गर्ने भएकाले सहरी क्षेत्रमा यो कारोबार फस्टाउदै गएको छ । सानो बजेटमा सवारीसाधन प्रयोग गर्न पाइने भएकाले सेकेन्ड ह्यान्ड सवारीसाधनको कारोबार उच्च हुदै गएको व्यवसायीहरु बताउछन् ।
औपचारिक रुपमा नेपालमा पहिलो पटक त्रिपुरेश्वरमा तेज एण्ड करण इन्टरप्राइजेजले रिकन्डिसन गरिएका सेकेन्ड ह्यान्ड गाडीको खरिदबिक्री सुरु गरेको हा । कम्पनीले पुरानो सवारी साधन बिक्री गरी नयाँ सवारी साधन किन्न चाहाने र रिकन्डिसन गरिएका पुराना सवारीसाधन बिक्री गर्ने सेवा सुरु गरिएको थियो । कम्पनीले ४६ सालमा यो कारोबारको सुरुवात गरेपनि ५० को दशकपछि मात्र सेकेन्ड ह्यान्ड सवारीसाधनको कारोबार खुबै फस्टाएको हो । बाटाको विस्तार र मध्यमवर्गीय उपभोक्ताको सवारीसाधन मोहका कारण यो व्यवसाय दिनदिनै बढ्द गएको छ । कुनै निकायमा औपचारिक तथ्यांक नभएपनि हाल राजधानीमा मात्र चार दर्जनभन्दा बढी रिकन्डिसन हाउस रहेका छन् । जसले सेकेन्ड ह्यान्ड गाडीको कारोबार गर्दै आएका छन् । गाडीको तुलनामा मोटरसाईकलको कारोबार धरै हुने भएकाले मोटरसाईकल रिकन्डिसन सेन्टर बढी छन् । उपत्यकामा मात्र मोटरसाईकलका २ सय रिकन्डिसन सेन्टर रहेको बताइन्छ । सुरुमा काठमाडौंमा मात्र सिमित रहेको यो कारोबार विस्तारै पोखरा, धरान, बनेपा, विरगञ्ज, बुटवललगायतका क्षेत्रमा विस्तार हुदै गएको छ । बाटोको विस्तार, मध्यमवर्गीय जनसख्याको वृद्वी, रेमिट्यान्सलगायतका आर्थिक काराबारबाट आयश्रोत बढ्दै जादा सेकेन्ड ह्याण्ड गाडीको कारोबार विस्तार भइरहेको छ ।
“अहिले सेकेन्ड ह्यान्ड गाडी र मोटरसाईकलको कारोबार धेरै फस्टाएको छ” बानेश्वरमा वर्कशपका साथै रिकन्डिसन गरिएका मोटरसाईकल खरिदबिक्री गर्दै आएका राकेश चौधरीले भने, “कम मूल्यमा सवारी साधन पाउने भएपछि ग्राहकलाई पनि फाइदा हुन्छ हामीलाई पनि फाइदै हुन्छ ।” सेकेन्ड हँन्डका गाडी किन्न पाउनेभएपछि थोरै पैसा हुने व्यक्तिलाई पनि सवारीसाधनको पहुँच दिएको उनको भनाई छ ।
चौधरीका अनुसार रिकन्डिसनमा आफ्नो बजेट अनुसार अनुसार सेकेन्ड ह्यान्ड गाडी किनेर प्रयोग गर्ने, ड्राइभिङ सिक्नेवित्तीकै केही अवधिसम्म पुरानो गाडी चलाएर हात बसाउने, नयाँ गाडी केही समय चलाएपछि बिक्री गरेर अर्को नयाँ गाडी किन्न चाहाने उपभोक्ताहरु आउछन् ।
फस्टाउदै गएको रिकन्डिसन व्यवसायका कारण बजेट र रोजाई अनुसारका सवारीसाधान किन्न पाउने अवसर सिर्जना भएको छ । रिकन्डिशन सेन्टरहरुले प्रयोग भइसकेको सवारीसाधनलाई परीक्षण एवम् मर्मत गरी पुनः विक्री गर्छन् । उनीहरुले सवारीसाधन गुडेको दुरी र अवस्थाका आधारमा मूल्य निर्धारण गरी ग्राहकबाट किन्ने गर्दछन्, यही गाडीलाई मर्मत गरी त्यसमा केही कमिसन राखेर बिक्री गर्दै आएका छन् । यस्ता गाडीहरु हेदा नयाँ जस्तो दखिने तर मूल्य भन सस्तो पर्ने गरको छ । यसबाट सेकेन्ड ह्यान्ड गाडीको कारोबार फस्टाएको र व्यवसाय समेत बृद्वी भएको व्यवसायीहरु बताउछन् । प्रायः ब्राण्डका मोटरसाइकल विक्रेता कम्पनीहरूका आआफ्नै रिकण्डिशन शोरूम खोलेर समेत कारोबार गर्दै आएका छन् ।
“गाडी चढ्न चाहाने तर नयाँ गाडी किन्न नसक्ने उपभोक्तालाई सेकेन्ड ह्यान्डको गाडीको कारोबारले सजिलो बनाइदिएको छ” बतास इन्भेष्टमेन्टका संचालक शान्तराज बतासले भने । पहिला व्यक्तिगत रुपमा मात्र हुने यो कारोबार अहिले संस्थागत र व्यवस्थित रुपमा हुन थालेको र यसमा बैंक तथा वित्तीय संस्थाले समेत लगानी गर्ने भएकाले उपभोक्तालाई फाइदा भएको उनको भनाई छ । सेकेन्ड ह्यान्डको कारोबार बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाले पनि यस्तो गाडी किन्दा वित्तीय सेवा दिन थालेका छन् ।
कम मूल्य
सेकेन्ड ह्यान्ड गाडीको कारोबार फस्टाउनको पहिलो र मुख्य कारण नै कम मुल्य हो । नयाँ नयाँको तुलनामा करीब ३० देखि ५० प्रतिशतसम्म सस्तो पर्ने भएका गाडीमा सर्वसाधारण उपभोक्ताको पहुँचमा पुगेको छ । सवारी साधनको अवस्था, गुडेको मिटर, पुन बेच्ने मूल्य, गुडेको दुरी आदिका आधारमा गाडीको मूल्य तय गर्छन् । गाडी फेरीरहेने शौखीनहरुका लागि पनि पुरानो सवारीसाधन उचित मूल्यमा बेच्न पाउने भएकाले उनीहरुलाई यो सवारीसाधन फेर्ने शोख पुरा गरेको छ ।
कसका लागि उपयुक्त ?
विषेश गरी थोरै बजेट भएर सवारी साधन खरिद गर्न चाहाने मध्यम वर्गीय उपभोक्ताहरुका लागि उपयुक्त हुने गरेको छ । रिकन्डिसन गरीएका सवारीसाधन ५० प्रतिशत भन्दा कम सस्तोमा पाइने भएकाले उपभोक्ताहरुले थोरै बजेटमा पनि आफ्नै सवारीसाधन चढ्ने रहर पुरा गर्न सक्छन् । यसैगरी भरखरै ड्राइभिङ सिकेका व्यक्तिले सवारी साधन चलाउने बानी पार्नका लागि पनि सेकेन्ड ह्यान्ड गाडी चलाउनु उपयुक्त हो । केही अवधिसम्म पुरानो गाडी चलाएपछि नयाँ गाडी किन्न उपयुक्त हुने व्यवसायीहरु सुझाव दिन्छन् ।
प्रतिक्रिया