काठमाडौं । अर्थमन्त्री डा.रामशरण महत, अख्तियार प्रमूख लोकमानसिंह कार्की र योजना अयोगका उपाध्यक्ष गोविन्द पोखे्रलेले व्यवस्थापिका संसदको विकास समिति र सुशासन तथा अनुगमन समितिलाई नटेको समितिले बताएको छ ।
विकास समिति र अनुगमन समितिको संयुक्त बैठकले अर्थमन्त्री, अख्तियार प्रमुख र योजना आयोगका उपाध्यक्ष राष्ट्रिय गौरवका आयोजनाबारे छलफल गर्न बोलाइएको बैठकमा उपस्थित नभएको भन्दै संसदीय समितिले आपत्ति जनाएको हो ।
बैठकमा राष्ट्रिय गौरवका आयोजनामा हालसम्म भएका प्रगति र कामकारवाहीमा भएको ढिलासुस्तीबारे छलफल गर्ने कार्यक्रम थियो । तर, सरकारका मुख्य सरोकारवाला निकायका प्रमुख नै उपस्थित नभएपछि बैठकले महत, कार्की र पोख्रेलप्रति खेद प्रकट गरेको हो ।
विकास समितिका सभापति रविन्द्र अधिकारीका अनुसार अर्थमन्त्री, अख्तियार प्रमुख र योजना आयोगका उपाध्यक्षलाई आइतबारको बैठकमा बोलाइएको थियो । समितिका सदस्यहरुलाई उनीहरुले कुराएर राखे तर पछि नआउने जानकारी गराएपछि समितिका सदस्यहरु रिसाएका थिए ।
दुई समितिको संयुक्त बैठकको सभापतित्व ग्रहण गरेका सुशासन तथा अनुगमन समितिका सभापति शेरधन राईले उनीहरु उपस्थित नभएकोमा बैठकले आपत्ति प्रकट गरेको र यसलाई गम्भीर रुपमा लिइएको बताए ।
उनीहरु गैर जिम्मेवार रहेको पनि समितिको ठहर रहेको छ । बैठकमा केही मन्त्री र सचिवहरु भने उपस्थित रहेको थिए ।
प्रतिक्रिया