वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साताको पहिलो दिन ३.६ अंकले घट्यो नेप्से, सवैभन्दा बढी सेयर विक्रि हुनेमा प्रभु बैंक

अर्थटुडे
२०७१ फाल्गुन १७, आईतवार

काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसुचक (नेप्से) ३.६ अंकले घटेर ९७५.६७ अंकमा अडिएको छ ।  यसदिन बिमा र फाइनान्सबाहेक अन्य समूहगत सुचकहरु ओरालो लागेका छन् ।nepal stock exchange

सबैभन्दा वढी होटल र जलविद्युत् समूह त्रमशः २५.८४, २२.८१ अंकले घटेको छ भने अन्य, बैंकिङ र उत्पादनमूलक क्षेत्र पनि घटेको छ । आइतबार प्रभु बैंकको तीन करोड २७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यसपछि ग्लोबल आइएमइ बैंकको ५७ लाख ७५ हजार रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ ।

कुल कारोबारमध्ये चिलिमेको ९७ लाख ४२ हजार, नेशनल लाइफको ८० लाख ३४ हजार, माछापुच्छ्रे बैंकको ७४ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यसदिन कमाउने कम्पनीहरुमा शिखर इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्स, प्रभु बैंक (संस्थापक), सिद्धार्थ बैंक, वाग्मति विकास बैंकका लगानीकर्ताले कमाएका छन् भने गुमाउनेमा फस्ट माइक्रोफाइनान्स, नेपाल बैंक, सेन्ट्रल फाइनान्स, विजिनेस युनिभर्सल डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् ।

यसदिन कुल १४२ कम्पनीका २० करोड २७ लाख रुपैयाँ बराबरको पाँच लाख ६२ हजार १४ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ