वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसीसी बैंकबाट बाहिरीदै राष्ट्रबैंक,एनवी र एनसीसीलाई मर्जका लागि दवाव

अर्थटुडे
२०७१ फाल्गुन १८, सोमबार

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसीसी)बाट नेपाल राष्ट्र बैंक यही फागुन २१ गते फर्कने तयारी गरेको छ । केन्द्रिय बैंकले एनसीसी बैंककै प्रबद्र्धकहरुलाई जिम्मा लगाएर आफू बाहिरीने तयारी गरेको हो ।ncc bank

साधारणसभा नै नगराई बैंकबाट केन्द्रिय बैंक बाहिरीदा सञ्चालकको बारेमा थप अन्यौल भएको छ । एनसीसीबाट आफुले खटाएका संचालकहरु केन्द्रिय बैंकले फर्काउने सोच बनाएको बैंकको एक अधिकारीले जानकारी दिएका छन् । राष्ट्र बैंकले एनसीसी बैंकमा खटाएका संचालकहरुको म्याद दुई महिना अघि नै सकिएको थियो ।

राष्ट्र बैंकबाट खटिएको ब्यवस्थापनले सबै तयारी पुरा गरेर साधारसणसभाको मिति तोकेपनि बिनु श्रेष्ठले बेचेको एक लाख सात हजार कित्ता शेयरको नामसारी नहुँदा साधारणसभा नै रोकिएको थियो । विनु श्रेष्ठ एनबी समूहका लक्ष्मीबहादुर श्रेष्ठकी श्रीमती हुन् ।

एनसीसी बैंकको २० हजार भन्दा बढी सर्वसाधरण सेयरधनी रहेका छन् । केन्द्रिय बैंकका अनुसार साधारण सभा पछि बैंकको पूजी दुई अर्ब पुग्ने र बैंकको अबस्था स्वस्थ हुने छ तर नेप्सेको कारण शेयर नामसारी बिबाद समाधान हुन नसकेको र साधारणसभाको मिति पनि तोक्न नसकिएको हो ।

राष्ट्र बैंक अहिले एनसीसी र एनबी बैंकलाई मर्ज हुन दबाब पनि दिईरहेको छ । एनसीसीका प्रोमोटर निर्मल प्रधान पनि यसका लागि पहल गरिरहेका छन् ।

एनसीसीले लगानीकर्तालाई गत बर्षको खुद नाफा र जगेडा कोषबाट ३८ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ तर साधारणसभा हुन नसकेकाले गत बर्षको नाफालाई जगेडा कोषमा सारिएको छ । बैंकको चुक्ता पूँजी एक अर्ब ४७ करोड र जेगडा कोष एक अर्ब ४३ करोडको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ