वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

झण्डै १० अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि बृद्धि

अर्थटुडे
२०७१ फाल्गुन १८, सोमबार

काठमाडौं । साताको पहिलो दिन घटेको सेयर बजार परिसुचक (नेप्से) सोमबार ९.१८ अंकले बढेको छ । यसदिन कारोबार रकम पनि बढेको छ । यस दिन २३ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।nepal stock exchange सबैभन्दा वढी होटल, बिमा र जलविद्युत् समूहका सेयरको मूल्य बढेको छ । विकास बैंक, फाइनान्स र उत्पादनमूलक क्षेत्रका सेयर मूल्य पनि बढेका छन् ।

कारोबार रकममा भने माछापुच्छ्रे्र बैंक, यति बिकास बैंकको प्रोमोटर शेयर, नबिल र प्रभु बैंकको एक करोड भन्दा माथिको शेयर किनबेच भएको छ ।

यी कम्पनीहरुको शेयर खरिद बिक्री ठूलो मात्रामा भएका भएको छ ।
शेयर मूल्य धेरै बढ्ने तीन कम्पनीहरुमा काष्ठमण्डप बिकास बैंक, मल्टिपर्पोज फाईनान्स र सहारा बिकास बैंक रहे । बिकास बैंकहरुले निस्क्रिय कर्जा उठाएर आगामी दिनमा राम्रो परिणाम दिने र मर्ज वा एक्विजिशनमा गएमा पनि फाईदा हुने भविष्यको आशामा लगानीकर्ताहरु बिकास बैंकतर्फ आकर्शिषत भएका पाईएको छ ।

त्यसैगरी धेरै मूल्य घट्ने कम्पनीहरुमा कसमस बिकास बैंक, एभरेष्ट बैंकको कन्भर्टिवल प्रिफरेन्स र कन्काई बिकास बैंक रहे ।
कमाउनेमा सहारा विकास, नयाँ नेपाल लघुवित्त, सिद्धार्थ डेभलपमेन्ट, सिन्धु विकास बैंकलगायतका लगानीकर्ता छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ