वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्याँस अभाव हुदा ४७ प्रतिशत उपभोक्ताले मट्टीतेलको प्रयोग गर्छन्

अर्थटुडे
२०७१ फाल्गुन १८, सोमबार

काठमाडौं । ग्यास अभाव हुदा ४७ प्रतिशत उपभोक्ताले मट्टीतेलको प्रयोग गर्ने गरेको पाइएको छ । कपिला रिसर्च इन्स्टिच्यु फर पोलिसी एक्सन नामक गैरसरकारी संस्थाले हालै गरेको सर्वेक्षणअनुसार ग्याँस अभाव हुदा विद्युत तथा सुख्खा खानेकुरा प्रयोग गर्ने उपभोक्ताको सङख्या १५/१५ प्रतिशत रहेको छ ।gas pic

त्यस्तै १४ प्रतिशत उपभोक्ता आफन्त वा साथीको भर पर्ने गरेको पाइएको छ ।
नयाँ सिलिन्डिरसहित ग्यास किन्ने उपभोक्ता १४ प्रतिशत तथा ग्यास किन्दा सिलिन्डर साट्ने उपभोक्ता २८ प्रतिशत रहेका छन् ।

त्यस्तै ५७ प्रतिशत परिवारसित एकवटा रित्तो सिलिन्डर तथा २१ प्रतिशत परिवारसित दुईवटा रित्ता सिलिन्डर रहेको सर्वेक्षणका क्रममा पाइएको छ । सिलिन्डर पाउनका लागि उपभोक्ताले १५ दिन बढी कुर्नु परिरहेको छ ।

त्यस्तै सर्वेक्षणअनुसार एकदेखि दुईवटा सिलिन्डर प्रयोग गर्ने परिवार ६१ प्रतिशत, तीनदेखि चार सिलिन्डर प्रयोग गर्ने परिवार ३५ प्रतिशत तथा पाँचभन्दा बढी सिलिन्डर प्रयोग गर्ने परिवार चार प्रतिशत रहेका छन् ।

एक कम्पनीको सिलिन्डर प्रयोग गर्ने परिवार ४४ प्रतिशत, दुईवटा कम्पनीको सिलिन्डर प्रयोग गर्ने परिवार ४५ प्रतिशत र तीनवटा कम्पनीको सिलिन्डर प्रयोग गर्ने परिवारको सङ्ख्या ११ प्रतिशत रहेको छ ।

त्यस्तै ५४ प्रतिशत उपभोक्ताले वैकल्पिक ऊर्जाका रुपमा सोलारलाई रोजेका छन् । ३८ प्रतिशतले विद्युत् र आठ प्रतिशतले वायोग्यासलाई रोजेका छन् । ६५ प्रतिशत उपभोक्ताले ग्यास अभावको दोषी सरकारलाई ठर्हयाएका छन् भने २० प्रतिशतले ग्यास डिलरलाई र १५ प्रतिशतले आयल निगमलाई दोषी ठर्हयाएका छन् ।

ग्यास अभाव हुँदा उपभोक्ताले सामना गर्नुपरेका समस्याहरु, समस्याका कारण र समाधानका बारेमा उपभोक्ताको राय बुझ्न ‘कपिला रिसर्च इन्स्टिच्यु फर पोलिसी एक्सन’ ले गत फागुन छदेखि फागुन १६ गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँका कुल चारसय ५० परिवारमा मतसर्वेक्षण गरेको थियो । काठमाडौँका छ सय ६५ परिवार, ललितपुरका एकसय ९५, भक्तपुरका ७५ परिवार तथा अन्य ८५ परिवारमा मतसर्वेक्षण गरिएको उक्त संस्थाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ