वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनबिआईले वित्तीय अपराध सम्बन्धी सम्मेलन गर्दै

अर्थटुडे
२०७१ फाल्गुन २०, बुधबार

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबिआईले) यहि फागुन २७ गते काठमाण्डौमा एक दिने वित्तीय क्षेत्रमा हुने गरेको ठगी सम्बन्धी सम्मेलनको आयोजना गर्ने भएको छ ।

NBI
नेपालको बैंक तथा वित्तीय क्षेत्रमा हाल वारम्बार रुपमा देखा परि रहेको ठगी तथा घोटालाका विषयहरुलाई समेट्ने गरी भारतको फिन्टिलेक संस्थासंगको सहकार्यमा सम्मेलन गर्न लागेको हो ।

वित्तीय क्षेत्रमा उच्च तहमा कार्यरत कर्मचारीहरुलाई लक्षित गरिएको सम्मेलनमा वित्तीय क्षेत्रमा हुने गरेका र हुन सक्ने ठगी तथा घोटालाहरु, अनुसन्धानका प्राविधिक तरिकाहरु, सूचना प्रविधिमा आधारित ठगीहरु, ठगी तथा घोटालाहरु निराकरण गर्नका लागि आवश्यक कदमहरु लगायत बैंक तथा वित्तीय क्षेत्रमा हुने यस्ता गतिविधि रोक्न गरिएको अन्तर्राष्ट्रिय अनुभवहरु आदान प्रदान प्रमुख रुपमा समेटिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ