वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकहरुको बढी लगानी थोक-खुद्रा व्यापारमा, विस्तारै उत्पादनशिल क्षेत्रमा

अर्थटुडे
२०७१ फाल्गुन २०, बुधबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको सबैभन्दा बढी लगानी थोक तथा खुद्रा व्यापारमा देखिएको छ । छोटो अवधिको कर्जा र कम जोखिम भएकाले बैंकहरुले पनि यस क्षेत्रमा लगानी गर्न प्राथमिकता दिन थालेका हुन् । यसैगरी सर्वसाधारणको बैंकिङ प्रयोग गर्ने बानी बढ्दै र ऋण लिएर उद्योग–व्यापार गर्ने बानी बढ्दै जादा यस क्षेत्रमा कर्जाको माग पनि बढी छ ।

आव ०७१/०७२ को पुससम्ममा थोक तथा खुद्रा व्यापारमा बैंक तथा वित्तीय संस्थाले २ खर्व ७६ अर्व रुपैयाँ लगानी गरेका छन् । यो कुल कर्जा रकमको २२ प्रतिशत हो ।

Real state loneसिभिल बैंकका बरिष्ठ कार्यकारी अधिकृत गोविन्द गुरुङ दैनिक उपभोग्य सामानको कारोबारमा कर्जाको माग बढ्दै गएकाले बैंकहरुको लगानी पनि बढ्दै गएको बताए । छोटो अवधिको कर्जा र जोखिम पनि कम हुने भएकाले यस क्षेत्रमा लगानी प्राथमिकतामा परेको उनले बताए । “उपभोग्य सामान आयातमा ६०–९० दिनको कर्जा लगानी हुन्छ” गुरुङले भने, “छिटो नगदमा परिवर्तन भइहाल्ने भएकाले कर्जामा जोखिम पनि कम हुन्छ ।” पछिल्लो समयमा उपभोग्य सामानहरुका लागि विदेशबाट आयात गर्नुपर्ने भएकाले पनि बैंकिङ च्यानलको प्रयोग बढ्दै गएको हो ।

राष्ट्र बैंकले प्रकाशित गरेको आव ०७१\७२ को असोजसम्मको तथ्यांकमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा तथा लगानी ९.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा तथा लगानी ७.३ प्रतिशत मात्र बढेको थियो । यस तथ्यांकले बैंकहरुको लगानी विस्तारै बढ्न थालेको र यसको आकारसँगै क्षेत्रपनि विस्तार हुनै गएको छ ।

राष्ट्र बैंकका अनुसार हाल ३० वाणिज्य बैंक, ८१ विकास बैंक, ५२ वित्त कम्पनी र ३६ लघुवित्त विकास बैंक गरी १ सय ९९ वटा वित्तीय संस्था संञ्चालनमा छन । यी संस्थाहरुले देशभर २ हजार ७ सय ६ वटा शाखा सञ्जाल मार्फत बैंकिङ कारोबार गरिरहेका छन् । यी संस्थाहरुले आर्थिक वर्ष २०७१\०७२ को पुससम्ममा १५ खर्व ७९ अर्व निक्षेप संकलन गरी १२ खर्व ६४ अर्व रुपैयाँ लगानी गरेका छन् ।

चालु आवको पुससम्ममा बैक तथा वित्तीय सस्थाबाट निजी क्षेत्रमा भएको लगानीमध्ये सबैभन्दा बढी औद्योगिक उत्पादन क्षेत्रमा १५.३ प्रतिशतले बढेको छ । यसैगरी निर्माण क्षेत्रमा १३.८ प्रतिशत, यातायात, सञ्चारमा १२.६ प्रतिशत र कृषि क्षेत्रमा पनि १२.६ प्रतिशत बृद्वी भएको छ । यो वृद्वीदरले पनि बैंकहरुकाले लगानी विस्तारै उत्पादनशिल क्षेत्रमा बढ्दै गएको पुष्टि हुन्छ ।

आव २०७१\०७२ पुससम्म बैंकहरुको क्षेत्रगत लगानी (रकम रु १० लाखमा)
थोक तथा खुद्रा विक्रेता– 276979
उत्पादनमुलक उद्योग -256794
निर्माण -136020
अन्य सेवा क्षेत्र -96113
फाइनान्स, इस्योरेन्स र स्थिर सम्पती -94386
कृषि -57342 
कन्जुमर लोन -54493
यातायात, संचार र सार्वजनिक सेवा -53270
यातायात पाटपुर्जा र फिटिङ -20861
धातुजन्य उत्पादन -15389
माइनिङ -3544
स्थानिय निकाय -1578
अन्य -198114
कूल -1264888

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ