काठमाडौं । ज्योती बिकास बैंकले लगानीकर्तालाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको बुधवार बसेको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंक र बैंकको आफ्नो साधारण सभाबाट पारित हुन बाँकी छ ।
बोनस सेयर पारित भएमा बैंकको चुक्तापूँजी ८४ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्तापूँजी ७९ करोड १८ लाख रुपैयाँ रहेको छ । गत बर्ष बैंकले एक करोड ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
ज्योती विकास बैंकका लगानीकर्तालाई ७ % बोनस सेयर
२०७१ फाल्गुन २०, बुधबार
प्रतिक्रिया