वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो

अर्थटुडे
२०७१ फाल्गुन २०, बुधबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार सामान्य सुधार आएको छ । कारोबारको सुरुमा बढेर बीच समयमा सुस्ताएको बजार अन्त्यतिर फेरि उक्लिएको हो । बजार बन्द हुनेबेलासम्म बजार २.०७ अंकले बढेर ९८३।४९ पुगेको छ । यसैगरी कारोबार रकम पनि तीन करोड रुपैयाँ बढेर २५ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

nepal stock exchange
बुधबार प्रिमियर ईन्स्योरेन्स, कसमस डेभ्लपमेन्ट बैंक र प्रिमियर फाईनान्सको शेयर मूल्य सर्वाधिकर धेरै बढ्यो भने ज्योति बिकास बैंक, काष्ठमण्डप बिकास बैंक र गुँरास लाईफको शेयर मूल्य सबैभन्दा धेरै प्रतिशतले घट्यो ।

राजनीतिक वातावरण सकारात्मक बन्ने वातावरण देखिएको र बरुण हाईड्रो लगायतका प्राथमिक शेयरमा आवेदन हाल्ने काम सकिएको प्रभाव पनि आगामी दिनमा सेयर बजारमा पर्ने संकेत देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ