वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बरुण हाइड्रोको ६७ र जनउत्थान लघुवित्तको १११ गुणा बढी पर्यो आवेदन

अर्थटुडे
२०७१ फाल्गुन २०, बुधबार

काठमाडौं । बरुण हाइड्रो पावर र जनउत्थान लघुवित्तको शेयरमा माग गरेभन्दा बढी आवेदन परेको छ । ९० हजार कित्ताको जनउत्थान लघुवित्तको १११ गुण बढी परेको छ भने चार लाख ५२ हजार कित्ताको बरुण हाइड्रो पावरको सेयरका लागि ६७ गुणा आवेदन परेको छ ।barun

चार करोड ५२ लाख रुपैयाँको बरुण हाइड्रो पावर कम्पनीमा झण्डै तीन अर्ब रुपैयाँ बराबरको आबेदन परेको अनुमान गरिएको छ भने नब्बे लाख रुपैयाँ बराबरको जनउत्थान लघुवित्तको शेयरका लागि एक अर्ब रुपैयाँ भन्दा बढीको आबेदन परेको अनुमान गरिएको छ ।

बिहीबार सार्वजनिक बिदा परेकोले आगामी सोमबार मात्र सम्पुर्ण विवरण आउने भएपनि अनुमानित सो रकम बराबरको सेयर आवेदन परेको बरुण हाइड्रो पावर कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रबन्धकको रुपमा रहेको सिभिल क्यापिटल मर्चेन्टले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ