वि.सं. २०८१ माघ ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

असाधारण क्षमताका आदित्यको उपचारमा सरकारले २५ लाख दिने

अर्थटुडे
२०७१ फाल्गुन २०, बुधबार

काठमाडौं । सरकारले असाधारण क्षमता भएका चार वर्षिय बालक चावेलका आदित्य दाहाललाई औषधोपचारका लागि बढीमा २५ लाख दिने निर्णय गरेको छ । aaditya-dahal-the-google-boyमन्त्रिपरिषदको बुधबार बसेको बैठकले बालक आदित्यसँगै जाने दुई जनाका लागि आउन जाने टिकटको खर्चसमेत सरकारले उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यसैगरी सोही बैठकले सरकाले सचिवहरुको सरुवा तथा विशिष्ट श्रेणीमा पदोन्नती भएका सचिवहरुको पदस्थापन गर्ने निर्णय गरेको छ ।
बैठकले अर्थमन्त्रालयमा नवराज भण्डारीलाई पदस्थापन गरेको छ । त्यसैगरी नारायणगोपाल मलेगु र प्रेमकुमार राईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ भने उत्तमकुमार भट्टराईलाई कृषि विकास मन्त्रालयमा पठाएको छ ।

त्यसैगरी जयमुकुन्द खनाल उद्योग मन्त्रालय, खुमराज पुञ्जाली शान्ति तथा पुनःनिर्माण मन्त्रालय, सुनिलबहादुर मल्ल सूचना तथा सञ्चारमन्त्रालय, ङइन्द्रप्रसाद उपाध्याय वाणिज्य तथा आपूति मन्त्रालयमा पठाइएको छ ।

त्यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयमा टङकमणि शर्मा, रक्षा मन्त्रालयमा ईश्वरीप्रसाद पौड्याल, नेपाल ट्रष्टको कार्यालय नरबहादुर रजावर, राष्ट्रिय सतर्कता केन्द्रमा रमेशकुमार शर्मालाई पदस्थापन गरिएको छ ।

सरकारले जल तथा ऊर्जा आयोगमा गजेन्द्ररकुमार ठाकुर, राष्ट्रिय सूचना आयोगमा लक्ष्मणप्रसाद मैनाली, सामान्य प्रशासन मन्त्रालय राजन खनाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा श्रीधर सापकोटालाई पदस्थापन गरेको जनाएको छ ।

सरकारका प्रबक्ता डा.मिनेन्द्र रिजालका अनुसार प्रशासकहरुमा श्रेत्रीय प्रशासन कार्यालय सुर्खेत विजयकुमार मल्लिक, श्रेत्रीय प्रशासन कार्यालय धनकुटा सुरेशप्रकाश आचार्य, क्षेत्रीय प्रशासन कार्यालय सुदूरपश्चिमाञ्चल शरदराज विष्ट, क्षेत्रीय प्रशासन कार्यालय मध्यमाञ्चल रामकुमार आचार्य र क्षेत्रीय प्रशासन कार्यालय पोखराकमा दिनेशकुमार थपलियालाई पठाएको छ ।

त्यसैगरी बैठकले फष्ट नेपलिज वुुमेन केटु एक्सपिडिसन–२०१४का नेपाली महिला पाकिस्तानको सर्वोच्च शिखर माउण्ड केटु आरोहणका लागि पाँच लाख रुपैया दिने पनि निर्णय गरेको प्रबक्ता डा.रिजालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ