वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुर्घटनाग्रस्त टर्किस बिमान हटाउन ढिलाई, बिमानस्थल शुक्रबार पनि बन्द

अर्थटुडे
२०७१ फाल्गुन २२, शुक्रबार

INDIAN-AIRFORCE-3काठमाडौं । बुधबार दुर्घटनाग्रस्त भएको टर्किस एयरको बिमान धावनमार्गबाट हटाउन ढिलाई हुदा शुक्रबारपनि त्रिभुवन बिमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द छ । भारतबाट आएका प्राविधिक र नेपाली प्राविधिकको संयुक्त टोलीले बिमान हटाउने काम गरिरहेको छ । भुईमा जोतिएको बिमानलाई सन्तुलनमा ल्याई पांग्रा फेरिएको र बाटो बनाएर पार्कीङ स्थलमा पुर्याउने प्रयास भईरहेको नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।

शुक्रबार दिउसोसम्म जहाजलाई पाकिङस्थलमा पुर्याइने र त्यसपछि विमानस्थल खुल्ला गरिने बताइएको छ । त्यसपछि यात्रुको चाप नघटेसम्म विमास्थल २४ घण्टा खुल्ला गर्ने तयारी छ । यसअघि सार्क सम्मेलनका बेला पनि बिमास्थल २४ सै घण्टा खुल्ला गरिएको थियो ।

बुधबार विहान टर्किस एयरको बिमान अवतरणका क्रममा बिमास्थलको धावनमार्ग नजिकै दुर्घटनाग्रस्त भएपछि नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द छ । जसका कारण हजारौ यात्रुहरु विमानस्थलमा अलपत्र परेका छन् ।

देशको एकमात्र अन्तर्राष्ट्रि बिमास्थल बन्द हुदा नेपाल र विश्वबिचको सम्बन्ध टुटेको छ । ६३ वर्षअघि निर्माण भएको विमानस्थलको बिकल्प अहिलेसम्म खोजिएको छैन । यो दुर्घटनाले अर्को अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक भएको देखाएको छ ।

दुर्घटनाग्रस्त विमान हटाउन भारतीय प्राविधिक टोली नेपालमा

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ