वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शुक्रबार रातीदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको भाउ बढ्यो

अर्थटुडे
२०७१ फाल्गुन २२, शुक्रबार

काठमाडौं । नेपाल आयल निगमले शुक्रबार राती १२ वजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेपछि निगमले पनि भाउ बढाएको हो ।petrol

गएको असोज १३ गतेबाट स्वचालित मूल्य प्रणाली कार्यान्वयन गरेसँगै पेट्रोलियम पदार्थको मूल्य आठ पटक घटेको थियो । २०७० चैत ६ गतेपछि पहिलो पटक भाउ बढेको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर एक रुपैयाँले बढाएको हो । भाउ बढेसँगै अब पेट्रोलको भाउ प्रति लिटर एकसय १० रुपैयाँ तथा डिजेल र मट्टितेल प्रति लिटर ८७ रुपैयाँ ५० पैसा पुगेको छ । यसअघि पेट्रोलको मूल्य प्रति लिटर एकसय नौ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतलिटर ८६ रुपैयाँ ५० पैसा थियो ।

भारतबाट फेबु्रअरी १५ तथा मार्च १ मा प्राप्त सूची अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि बढेको हो । गत वर्षको चैतमा बढेर एकसय ३५ रुपैयाँ पुगेको पेट्रोलको मूल्य असोजयता भने घटेर एकसय नौ रुपैयाँसम्ममा झरेको थियो । यस्तै एकसय पाँच रुपैयाँ पुगेको डिजेल र मट्टितेलको मूल्य पनि घटेर ८६ रुपैयाँमा आइपुगेको थियो ।

निगमले फेब्बु्रअरीमा मात्रै ५४ करोड २५ लाख रुपैयाँ ऋण भुक्तानीका लागि छुट्याएको थियो । निगमले अहिलेसम्म ऋण भुक्तानी कोषमा दुई अर्ब २५ करोड रुपैयाँ छुट्याइसकेको घिमिरेले जानकारी दिए । निगमलाई अहिले खाना पकाउने ग्यासमा भने प्रति सिलिन्डर ४६ रुपैयाँ ६ पैसा नोक्सान छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ