वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

टर्किस एयरको विमान धावनमार्गबाट हटाइयो, विमानस्थल २४ घण्टा संचालन गर्ने

अर्थटुडे
२०७१ फाल्गुन २३, शनिबार

Efforts for Turkish Airकाठमाडौं । टर्किस एयरलाईन्सको विमान दुर्घटना भएपछि बुधबार विहानबाट बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ । शनिबार साझ प्राविधिक टोलीले दुर्घटनाग्रस्त विमानलाई धावनमार्गबाट पार्किङस्थलमा पुर्याएको हो । धावनमार्ग खुल्ला भएपछि विमानस्थल व्यवस्थापनले केही दिनसम्म २४ घण्टा संचालन गर्ने तयारी गरिरहेको छ । ४ दिनदेखि विमानस्थल बन्द हुदा नेपाल आउने र नेपालबाट बाहिरिने हजारौ यात्रु एयरपोर्टमा अलपत्र छन् ।

यसअघि विमानस्थल राति १२ बजेसम्मका लागि बन्द गरेको घोषणा गरिएको थियो । तर, प्राविधिकहरुले छिट्टै विमानलाई धावनमार्गबाट पार्किङ स्थलतर्फ लैजान सफल भएपछि त्यस अघि नै विमानस्थल संचालनमा आउने भएको हो ।

विमानलाई धावन मार्गबाट हटाउन दिउँसो साढे दुई टर्किबाट पनि टेक्निकल टिम आएको थियो । यसअघि विहिबार भारतबाट वायुसेनाको प्राविधिक टोली पनि जहाज हटाउन आएको थियो । उनीहरुलाई नेपाली सेना, प्रहरी र विमानस्थलका प्राविधिकले समेत सहयोग गरेका थिए ।

फागुन २० गते बुधबार बिहान टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ को विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएपछि विमानस्थलको धावनमार्ग अवरुद्ध भएको थियो । 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ