काठमाडौं । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले सर्वसाधारणको सेयर स्वामित्व बढाउने भएको छ । बैंकको साधारणसभाले संस्थापक सेयर ५१ प्रतिशतमा झारेर १२.२९ प्रतिशत सेयर सर्वसाधारणलाई दिने निर्णय गरेको हो । बैंकमा हाल संस्थापक सेयर स्वामित्व ६३.२९ प्रतिशत छ ।
यसैगरी साधारणभाले साधारण सेयरधनीको तर्फबाट रामशरण केसीलाई सञ्चालकमा नियुक्ती गरेको छ । साधारण सभामा दिइएको जानकारी अनुसार बैंक गत आर्थिक वर्षमा १४ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले बैंकको वित्तीय अवस्था बलियो रहेको बताए ।
नयाँ सेवा र प्रविधि थप्दै जाने रणनीति अनुसार बैंकले हाल मोवाइल बैंकिङ सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया