काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत लाभांस वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले २८.५ प्रतिशत वोनस सेयर र १.५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । नगद लाभांस भने कर प्रयोजनका लागि मात्र हो ।
सो प्रस्तासवत लाभांस कम्पनीको साधारणसभाबाट र बिमा समितिबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने छन् । कम्पनीले गत आर्थिक बर्ष दुई करोड ९१ लाख रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा एक करोड २३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।
प्रतिक्रिया