काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्युट (एनबिआइ) ले भारतको फिन्टिलेक नामक संस्थासँग मिलेर बुधबार ‘फाइनान्सियल फ्रड’ बिषयक सम्मेलन गर्ने भएको छ । सो सम्मेलनमा स्थानीय विज्ञका साथै अन्तर्राष्ट्रिय विज्ञहरुसमेत सहभागी हुने एनबिआइले जनाएको छ
बैंक तथा वित्तीय क्षेत्रमा ठगी तथा घोटालाका विषयहरु बारम्बार बाहिर आएपछि एनवीआइले ति बिषयहरुलाई समेट्ने गरी सम्मेलन आयोजना गनर्न लागेको हो ।
सम्मेलनमा वित्तीय क्षेत्रमा हुने गरेका र हुन सक्ने ठगी तथा घोटालाहरु, अनुसन्धानका प्राविधिक तरिका, सुचना प्रविधिमा आधारित ठगी, यसलाई निराकरण गर्नका लागि आवश्यक कदमलगायत बैंक तथा वित्तीय संस्थामा हुने यस्ता गतिविधि रोक्न गरिएको अन्तर्रा ष्ट्रिय अनुभवहरु साटासाट गरिने एनबिआइले जनाएको छ ।
प्रतिक्रिया