काठमाडौं । साताको पहिलो दिन आइतबार विदा भएपछि सोमबार सेयर बजारमा बढेको छ । राजनीतिक दलहरु संवादतर्फ लागेपछि सहमति हुन्छ भन्ने आशामा सेयर बजार उकालो लागेको हो ।
यस दिन सेयर बजार ५.२८ अंकले बढेर ९८८.७७ अंकमा पुगेर अडिएको छ । कुल १५४ कम्पनीका आठ लाख २८ हजार ३२४ कित्ता सेयर किनबेच भएका छन् । कुल २४ सय दुई पटक कारोबार भएका छन् ।
यस दिन होटल समूह बाहेर अरु सवै समूहगत परिसुचक बढेको छ । सवैभन्दा बढी जलविद्युत् समूह ३३.३९ अंक, बिमा १८.३३ अंक र बैंकिङ समूहको परिसुचक ५ अंकले बढेको छ । त्यसैगरी विकास बैंक र फाइनान्स सुचक पनि तीन अंकमाथिले बृद्धि भएको छ ।
यस दिन सवैभन्दा बढी प्रभु बैंक लिमिटेड, एसियन लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रो पावर, ग्लोबल आइएमइ बैंकको प्रमोटर सेयर र प्रिमियर इन्स्योरेन्सको सवैभन्दा बढी सेयरको कारोबार भएको छ ।
यसैगरी कारोबार रकममा पनि सुधार आएको छ । यस दिन ३० करोड ९४ लाख रुपैयाँका सेयर किनबेच भएका छन् । माउन्ट मकालु, अरनिको डेभलपमेन्ट, नेपाल आवास फाइनान्स र वाग्मति डेभलपमेन्ट बैंकले यसदिन कमाएका छन् भने गुमाउनेमा जेविल्स फाइनान्स, काष्ठमण्डप डेभलपमेन्ट, एभरेष्ट फाइनान्स, साहारा विकास, नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ता छन् ।
प्रतिक्रिया