काठमाडौं । सेयर बजार उतार चढाव बढेको छ । मंगलबार सेयर बजार परिसुचक ४.३४ अंकले घटेको छ । सोमबार बढेको बजार मंगलबार फेरि घटेको छ ।
यसदिन अन्य बाहेक सम्पुर्ण परिसुचक घटेको छ ।
सवैभन्दा बढी विमा, होटल र जलविद्युत समूहको क्रमशः ३६, २० र १९ अंकले घटेको छ । त्यसैगरी बाणिज्य बैंकको ४.५४ र फाइनान्स कम्पनीको १.२३ अंकले घटेको छ ।
यस दिन विमा समूहका लगानीकर्ताहरुले सवैभन्दा बढी गुमाएका छन् । नेपाल लाइफ, नेशनल लाइफ, नेपाल इन्स्योरेन्स, एशियन लाइफ लगायतका विमा कम्पनीहरुको मुल्य घटेको छ ।
प्रभु बैंकको सबैभन्दा धेरै दुई करोड ७१ लाख रुपैयाँको सेयर किनबेच भयो भने नेशनल लाइफ, नेपाल लाइफ र एशियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर किनबेच भएको छ ।
यसदिन कारोबार जम्मा २३ करोड ९६ लाख रुपैयाँ बराबरको मात्रै सेयर किनवेच भयो । अघिल्लो दिन ३० करोडको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया