वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

५ दर्जन बढी सहकारीलाई २.२२ करोड अनुदान

अर्थटुडे
२०७१ फाल्गुन २७, बुधबार

 काठमाडौं । सहकारी विभागले आर्थिक वर्ष २०७१\०७२ मा देशरभरका ६४ सहकारी संघरसंस्थालाई २ करोड २२ लाख अनुदान वितरण गरेको छ । सरकारले बजेट बक्तव्यमा गरेको घोषणा अनुसार सहकारीलाई कृषि फार्म, साना प्रसोधन उद्योगका र सहकारी बजार संचालन गर्नका लागि अनुदान दिइएको विभागले जनाएको छ ।

sahakari bibhagआवेदन माग गरेका ३ सय भन्दा बढी सहकारीहरुले प्रस्ताव पेश गरेका थिए । त्यसबाट छनोट गरी अनुदान वितरण गरिएको विभागका वरिष्ठ कृषि अर्थविज्ञ विष्णु प्रसाद घिमिरेले जानकारी दिए ।

विभागले यसवर्ष पशुपालनका लागि सबै भन्दा बढी अनुदान वितरण गरेको छ । १० वटा सहकारीले गाई मार्फ संचालन गर्न २० वटाले बाख्रा फार्म संचालन गर्न अनुदान पाएका छन् । सहकारीले अनुदानका लागि छनोट भएका सहकारीहरुले तिन किस्तामा रकम पाउनेछन् ।

विभागले सहकारी उद्यम तथा परियोजना स्थापना र विस्तारका लागि सहकारी संस्थाहरुलाई अनुदान दिदैं आएको छ । सहकारीले संचालन गर्ने कृषि फार्म अन्र्तगत गाई, भैसी, भेडा, बाख्रा, बंगुर र माछापालन गर्नका लागि जग्गा बाहेकको लागतमा ५० प्रतिशत अनुदान दिएको छ । यसैगरी कृषि उपज प्रसोधन उद्योग अन्र्तगत चिया, कफि, मह, दुग्ध, मासु, फलफुल, अदुवा, अलैची, उखु, लप्सी, सुपारी र जडीबुटी प्रसोधन उद्योग संचालन गर्न आवश्यक मेसिनरी सामाग्रीको लागतमा ५० प्रतिशत अनुदान पाउनेछन् ।

यसैगरी महिला तथा अपांगका सहकारीलाई लघु उद्योग संचालन गर्न र दलितहरुको पेशा आधुनिकिकरण गर्नका लागि समेत अनुदान रहेकोमा यसका लागि प्रस्ताव नपरेकाले पुनः आवेदन खुलाउने विभागले जनाएको छ ।

अनुदान ‘सहकारी संघ संस्थाहरुलाई उपलब्ध गराईने अनुदान एवं भन्सार महशूलमा छुट सुबिधा सिफारिश सम्बन्धी कार्यविधि,२०६८’ अनुसार संस्था छनोट गरिएको घिमिरेले बताए । जसअनुसार सहकारीमा कृषकको सहभागिता, स्वदेशी उपकरणको प्रयोग, कच्चा पदार्थ उपलब्धता र उद्योगबाट उत्पादीत सामानको बजार सम्भावना लगायतका कुराको आधारमा उद्योगको छनोट गरिएको छ । यस्तै सहकारी छनोटका लागि सरकारले प्राथमिकतामा राखेको उद्योग, सहकारीको योजनाको प्रभावकारीता, संस्थाले गरेको लगानी र पूर्वाधारको अवस्था, उद्योगले सेवा दिने क्षेत्र र रोजगारीको सिर्जनालाई पनि आधार बनाइएको विभागको दावी छ ।

सहकारीमार्फत उत्पादकत्व बढाउन सरकारले आव २०६५\०६६ देखि सहकारीलाई अनुदान दिने कार्यक्रम सुरु गरेको गरेको हो ।

सरकारले वितरण गरेको अनुदान
आव                       रकम (रुपैयाँमा)
२०७०\०७१         १ करोड ३३ लाख
२०६९\०७०         १ करोड ४५ लाख
२०६८\०६९        १ करोड २० लाख
२०६७\०६८        १ करोड २० लाख
२०६८\०६९        ५ करोड ९४ लाख
२०६६\०६७        ९० लाख
२०६५\०६६        ७५ लाख
स्रोत : सहकारी विभाग

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ