काठमाडौं । ग्रोथ सेलर्सले नामक संस्थाले आगामी चैत १२ गते म्यानेजिङ ट्यालेन्ट म्यानेजिङ एचआर भन्ने नाराका साथ आठौं मानव संशाधन भेला (एचआर मिट) गर्ने भएको छ ।
संस्थाले बुधबार पत्रकार सम्मेलन गरी मानव संशाधन सम्वन्धी यो भेलामा दुई सय भन्दा बढीको सहभागिता रहने दावी गरेको छ ।
एचआर मिट आयोजना समितिका अध्यक्ष मोहन ओझाका अनुसार एचआर मिटमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छा, भारतका विश्व प्रसिद्व उत्प्रेरक वक्ता नसिर खान, युथ आइकन अवार्ड समेत पाएकी मानव संशाधन क्षेत्रमा २४ वर्षदेखि कार्यरत डा.सुजया बनर्जीको विशेष प्रस्तुती रहने छ ।
संस्थाले कार्यक्रममा उत्कृष्ट मानव संशाधन प्रवन्धकको पुरस्कार समेत दिइने जानकारी दियो । संस्थाले नेपाल आर्थिक पत्रकार समाज(सेजन)लाई क्षमता अभिवृद्विको लागि २५ हजार रुपैयाँ समेत सहयोग सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।
प्रतिक्रिया