काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन विहिबार पनि सेयर बजार बढ्न सकेन । विहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकका साथै कारोबार रकममा पनि गिरावट आएको छ । बजार साढे ५ अंकले घट्दा कारोबार रकम पनि १२ करोड रुपैयाँ कमी भएको छ ।
विहिबार कारोबार सुरु भएदेखि नै बजार ओरालो लाग्न सुरु गरेको थियो । कारोबार अवधिभर लगातार गिरावट आएको बजार अन्तिम समयमा भने सामान्य बढेको हो । बजार बन्द हुदा नेप्से ५.६२ अंकले घटेर ९७८.४४ अंकमा झरेको छ । यसैगरी कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा झण्डै १२ करोडले कमी आई १९ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
विहिबार नेप्से परिसुचकसँगसँगै समूहगत परिसुचकहरु पनि घटेका छन् । विकास बैंक र उत्पादनमुलक समूहबाहेकका सबै समूहगत परिसुचकमा गिरावट आयो । सबैभन्दा बढी ईस्योरेन्स समूह ७३.८४ अंकले घटेको छ ।
विहिबार विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यसदिन कसमस डेभलपमेन्ट बैंक, काक्रेविहार विकास बैंक, मातृभुमि डेभलपमेन्ट बैंक, कन्काई विकास बैंकलगायतका कम्पनीका लगानीकर्ताले बढी कमाएका छन् । यसैगरी कर्णाली डेभलपमेन्ट बैंक, नमस्ते वित्तीय संस्था, सिद्वार्थ फाइनान्स, रिडी हाइड्रोपावरका लगानीकर्ताले बढी गुमाएका छन् ।
यस दिन चिलिमे जलविद्युतको मात्र एक करोड भन्दा बढी रकमको सेयर कारोबार भएको छ भने अन्य कम्पनीहरुले एक करोड रुपैयाँ कटाउन सकेनन् ।
विहिबार स्टान्डर्ड चार्टर्ड बैंक र मिथिला लघुवित्तको बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ ।
प्रतिक्रिया