वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फर्जी कारोबार गरेको आशंकामा ४ ब्रोकरको कारोबार रोक्का

अर्थटुडे
२०७१ फाल्गुन २८, बिहीबार

nepal stock exchangeकाठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले फर्जी सेयर कारोबार गरेको आशंकामा चार ब्रोकर कम्पनीको कारोबार रोक्का गरेको छ । नेप्सेले अग्रवाल सेक्युरिटिज ( ब्रोकर नम्बर ६), जे एफ सेक्युरिटिज (ब्रोकर नं ७), सिप्रवी सेक्युरिटीज (ब्रोकर नं २२) र श्रीहरी सेक्युरिटीज (ब्रोकर नं ५६) को कारोबार विहिबारदेखि रोक्का गरेको हो ।

नेप्सेले जारी गरेको सुचनामा विभिन्न विषयमा छानविनका लागि कारोबार रोकिएको जनाएको छ । स्रोतका अनुसार ति कम्पनीले चिलिमे र सानिमाई हाइड्रोपावरको फर्जी अस्थाई प्रमाणपत्र जारी गरेको बताइएको छ । सेयर टुक्राउँदा दिने अस्थाई प्रमाणपत्रको फर्जी कारोबार भएको नेप्सेको आशंका छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ