काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ बराबरको निक्षेप तन महिनाको लागि खरीद गर्ने भएको छ ।
केन्द्रीय बैंकले शुक्रबार बोलकवोलबाट एक बैंकको पाँच करोडको निक्षेप खरिद गर्ने छ ।
जुन बैंकले सस्तो ब्याजमा निक्षेप उपलब्ध गराउँछ त्यो बैंकले प्राथमिकता पाउने केन्द्रिय बैंकले जनाएको छ । यसअघि राष्ट्र बैंकले तरलता बढी भएको भन्दै ६५ अर्व निक्षेप खरिद गरेको थियो ।
सरकारी ऋणपत्र तथा निक्षेपको ब्याज कम भएकै कारण बैंकहरुले व्याजदर घटाएका छन् । राष्ट्र बैंकले चालु बर्षको मौद्रिक नीतिमार्फत निक्षेप खरीद गर्ने मौद्रिक औजार प्रयोगमा ल्याएको हो । गत भदौ ३ गते पहिलो पटक निक्षेप खरीद गरिएको थियो । राष्ट्र बैंकको सुचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया