काठमाडौं । नागरिक लगानी कोषले रजत जयन्तीको पुर्वसन्ध्यामा प्रभात फेरी एवं सडक पेटीमा लगाइएको बोट विरुवामा सिंचाई र गोडमेल गरेको छ । शनिवार कोषको कार्यालय नयाँ बानेश्वरबाट सुरु भएको प्रभातफेरी कार्यक्रममा स्वच्छ र हराभरा काठमाडौ बनाउने अभियानलाई निरन्तरता दिदै बोटविरुवमा गोडमेल र पानी हाल्ने कार्य गरेको हो ।
कोष संचालक सदस्यहरु तथा कर्मचारी गरी करिव १ सय ५० सहभागी कार्यक्रममा माइतीघर मण्डलादेखी नयाँ बानेश्वर सम्मका सडक पेटीका बोटविरुवामा गोडमेल र सिंचाई गरिएको थियो ।
कोषका अध्यक्ष शंकर प्रसाद अधिकारीले कोषले गर्दे आएको कार्यको सरहाना गर्दे भोलिको दिन पनि यस्तो कार्यलाई निरन्तरता दिनुपर्ने बताए । त्यसैगरी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले सामाजिक कार्य सगै अन्य गतिविधीलाई पनि कोषले निरन्तरता दिदै जाने प्रतिवद्वता व्यक्त गरे ।
प्रतिक्रिया