वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मध्यतराईस्तरीय सहकारी सरोकार समिति गठन, निजगढ विमानस्थल र द्रुतमार्ग तत्काल बनाउन माग

अर्थटुडे
२०७१ फाल्गुन ३०, शनिबार

काठमाडौं । राष्ट्रिय गौरवका आयोजना प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल, काठमाण्डौं जोडने द्रुतमार्ग र विशेष आर्थिक क्षेत्र निर्माण तत्काल अघि बढाउन मध्यतराईका सहकारीकर्मीहरुले माग गरेका छन । शनिबार निजगढमा आयोजित मध्यतराईका ६ जिल्लाका सहकारीकर्मीहहरुको भेलाले उक्त मांग गरेका हुन । उनीहरुले हालै सरकारले तारजाली लगाउन दिएको निर्र्देशनलाई स्वागत गर्दै निजगढमा र्र्याली प्रदर्शनसमेत गरेका छन ।

20150314_083526

भेलाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलको संयोजकत्वमा ५१ सदस्यीय सहकारी सरोकार समितिसमेत गठन गरेको छ । समितिमा सहसंयोजकहरुमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्षहरु भोला गौतम (बारा), राजेश पण्डित (पर्सा), खडग बमजन (रौतहट), बाबुराम घिमिरे (सर्लाही), कृष्ण सिंह (महोत्तरी) र ध्रुवनारायण यादव (धनुषा) रहेका छन । त्यसैगरी जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण बर्तौला, साना किसान कृषि सहकारी संघका अध्यक्ष शिव अधिकारी, जिल्ला मत्स्य उत्पादक सहकारी संघका अध्यक्ष ओमप्रकाश ठाकुरलगायत निजगढ नगरपालिकामा रहेका सबै सहकारी संस्थाका अध्यक्षहरु रहेका छन ।

20150314_074852

कार्यक्रममा बारा निजगढ निवासी टेकप्रसाद चौलागाई काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष निर्वाचित भएकोमा जिल्लावासी सहकारीकर्मीहरुको तर्फबाट अभिनन्दन गरिएको छ । चौलागाईलाई नेफ्स्कून महासचिव परितोष पौड्याल, सञ्चालक कृष्ण पौडेल र जिल्ला अध्यक्ष कृष्ण पौडेलले अभिनन्दन गरेका थिए ।

बारा जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै नेफ्स्कूनका महासचिव परितोष पौड्यालले राष्ट्रिय गौरवका आयोजनाहरु, विकास निर्माण र सामाजिक न्यायमा सहकारीको सरोकारको विषय बनेको बताउदै पुरा गर्नका लागि राज्य र सरोकारवालासंग माग गरे । कार्यक्रममा नेफ्स्कूनका सञ्चालक दीपक पनेरु, अभिनन्दित व्यक्तित्व चौलागाई, सर्लाही जिल्ला संघका अध्यक्ष बाबुराम घिमिरे, गौरीशंकर क्याम्पसका प्रमुख रामप्रसाद गौतम, गौरीशंकर उच्च माविका प्राचार्य सुदर्शन कोइरालालगायतले आफ्नो धारणा राखेका थिए ।

बारा जिल्लामा प्रस्तावित निजगढ अन्तरराष्ट्रिय बिमानस्थल प्राविधिक, वित्तिय एवम् अन्य हिसावले उपयुक्त रहेको विज्ञ, प्राविधिक तथा लगानीकर्ताहरुको धारणा रहेको छ । समथर भूभाग, पूर्व पश्चिम विस्तारित र ठुलो रनवेका कारण यसलाई नेपालको हवाई आवागमनको गन्तव्यको रुपमा मात्रै नभएर क्षेत्रीयस्तरको अन्तरराष्ट्रिय ट्रान्जिट प्वाइन्ट बनाउन सकिने प्रशस्त सम्भावनाहरु रहेको संयोजक कृष्ण पौडेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ