काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दुई घण्टा लोडसेडिङ घटाएको छ । एसएलसी परीक्षालाई लक्षित गर्दै प्राधिकरणले विद्युत कटौतिको समय घटाएको हो । हाल दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएकोमा चैत २ गतेदेखि नयाँ तालिका अनुसार दैनिक ९ घण्टा विजुली आपुर्ती बन्द हुनेछ ।
एसएलसी परीक्षा आगामी चैत ५ गतेदेखि सुरू हुने भएकोले प्राधिकरणले यसको तीन दिन अघिदेखि लोडसेडिङ घटाएको हो ।
विद्युत चुहावट नियन्त्रणमा केही सुधार आएसँगै मध्यमस्ङ्दी लगायतका विद्युत आयोजनामा गरिएको सुधार र जलाशययुक्त कुलेखानी जलविद्युत आयोजना सञ्चालन गरेर लोडसेडिङ घटाउन लागिएको प्राधिकरणले बताएको छ । अहिले विद्युतको माग १२ सय मेगावाट छ भने आपूर्ति ५ सय ६५ मेगावाट मात्रै छ । पिक आवरमा ६ सय ५० मेगावाट बराबरको अपुग बिजुलीका लागि प्राधिकरणले लोडसेडिङ गर्दै आएको छ ।
प्रतिक्रिया