वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मुक्तिनाथ विकास बैंकले सिभिक किन्ने, राष्ट्रिय स्तरको विकास बैंक बन्ने

अर्थटुडे
२०७१ फाल्गुन ३०, शनिबार

काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको मुक्तिनाथ विकास बैंकले धादिङको सिभिक डेभलपमेन्ट बैंक खरिद (एक्विजिसन) गर्ने भएको छ । दुवै कम्पनीबिच यससमन्धी औपचारिक सम्झौता भएको छ ।Muktinath-bikas-bank

१० जिल्ला कार्यक्षेत्र भएको मुक्तिनाथले सिभिकलाई एक्विजिसन गरी राष्ट्रियस्तरको विकास बैंक बन्न लागेको हो । खरिद सम्बन्धी स्वाप रेसियो भने खुलाईएको छैन ।

दुबै बैंकले समझदारी पत्रमा सैद्धान्तिक सहमतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन पेश गरेका छन् । राष्ट्र बैंकको स्विकृती पछि अन्तिम सहमतीपत्रमा हस्ताक्षर गरी मुक्तिनाथ विकास बैंकको रुपमा कारोबार सुरु हुनेछ ।

मुक्तिनाथ विकास बैंक २०६३ साल पौष १९ गते देखि कारोवार सञ्चालन गरेको हो भने सिभिकले २०६६ साल श्रावण २९ गते देखी कारोवार सञ्चालन गर्दै आएको छ ।
हाल मुक्तिनाथ विकास बैंक लिमिटेडको ५९ करोड ९० लाख २५ हजार चुक्ता पूँजी रहेको छ भने सिभिक डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ५ करोड रहेको छ । यसैगरी मुक्तिनाथका कुल ४० वटा शाखा कार्यालय र सिभिकका लघुवित्त कार्यालय सहित ८ वटा शाखा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ